suekhet
bheriad

संविधान दिवसको सार्वजनिक विदा गर्लफ्रेन्ड घुमाउन र वियर खानलाई लागि दिइएको होइन’,

lekabesi

भदौ ११ , काठमान्डौ – संविधान दिवसमा दिईएको सार्वजानिक विदा राष्ट्रिय दिवसका रुपमा मनाउन सरकारले बिदा दिएको नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताएका छन् ।

सरकारले राष्ट्रिय दिवस मनाउनका लागि बिदा दिएको हो बिदामा सबै सचेत नागरिकले घरघरमा राष्ट्रिय झण्डा फहराउनुपर्ने छ ब्याक्तिगतका लागि तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, वियर खानका निम्ति, र गर्लफ्रेन्ड घुमाउनका लागि विदा होइन मन्त्रि बास्कोटाले भने ।

उनले संविधान दिवस अन्तर्गत गरिने कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्था लगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिए ।

विसं २०७२ असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसका रुपमा मनाइन्छ ।

उनले संविधान दिवसलाई कर्मकाण्डी भन्दा भिन्न रुपमा सबै बर्ग विशेषको सहभागीता हुने गरी हर्षाेल्लासपूर्ण रुपमा मनाउनका लागि श्रृजनात्मक कार्यक्रमहरुको नमुना सुझाउन पनि सरोकारवालाहरुलाई आग्रह गरे ।