रवी लामिछानेलाई अदालतले अभियुक्त लेखिसकेको छ ऋषिधमला,,

भदौ ११ , काठमान्डौ – पत्रकार शालिकराम पुडाशैनीको आत्महत्या प्रकरणमा मुछिएका संचारकर्मी रवि लामिछानेलाई अदालतले अभियुक्त भनेर लेखिसकेको चर्चित पत्रकार ऋषि धमलाले बताएका छन् ।

मंगलबार सुत्र टिभिसँग कुरा गर्दै पत्रकार धमलाले पत्रकार धमलाले आफू रवि लामिछाने रिहाइ हुनुपर्छ भन्ने पक्षमा रहे पनि रविलाई महानायक भने स्वीकार गर्न नसकिने प्रष्ट पारे ।

रवि एउटा सेलिब्रेटी हुन् तेही भयर उनको पछाडी भिड लागेको हो उनले कसरि राजनीतिको कुरा गर्छन टिभीमा बोलेको जस्तो राजनीति होइन उनले कलाकार करिष्मा मानन्धर, रेखा थापा तथा रविन्द्र मिश्रहरुले गरेको राजनीतिको उदाहरण प्रस्तुत गर्दै राजनीति गर्नु सजिलो नभएको बताए ।

साथै धमलाले अगाडी भने रवि लामिछाने पत्रकार होइनन उनि संचारकर्मी हुन् तेही भयरपनि पत्रकार माहासंघले विज्ञप्ति ननिकालेको हो ।

रवि लामिछानेको पक्षमा भयको आन्दोलनमा राजावादीहरुको समेत सहभागिता रहेको खुलासा गरे साथै आन्दोलनमा पूर्वयुवराज पारसको समेत सहभागिता रहेको ठोकुवा गरे ।

प्रचण्ड दुरदर्षी नेता भएको बताउँदै सबै नेताहरु एकजुट हुनसके नेपाललाई समृद्ध मूलुक बनाउन समय नलाग्ने पनि धमलाले बताए ।

लोतन्त्र र गणतन्त्रको विकल्पमा कुनै पनि व्यवस्था हुन नसक्ने भन्दै आफू निरन्तर गणतन्त्र र धर्म निरिपेक्षताको पक्षमा लागिरहने पत्रकार ऋषि धमलाले उद्घोष समेत गरे ।

रवि लामिछानेलाई अदालतले ५ लाख धरौटीमा रिहा गरेपछि लामिछानेले आफ्ना समर्थकअगाडी राजनीतिको ढोकामा चुकुल लागेको हो ताल्चा लागेको छैन भन्दै बोलेका थिए ।,

उक्त बोलीले राजनीतिमा आउने संकेत गरेको भन्दै विभिन्न व्यक्ति पत्रकारले टिप्पणी गरेका हुन् ।अर्का पत्रकार खेम भण्डारीले भने रवि लामिछानेलाई आफ्नो क्षेत्रबाट चुनाव लडेर देखाउन समेत चुनौती दिएका छन् ।