प्रधानमन्त्री ओलीको उपचार प्रक्रिया एक साता लाग्ने ,,
भदौ ११ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता जारी रहने भएको छ । मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारका लागि सुरु गरिएको ‘प्लाज्माफेरेसिस’ प्रक्रिया अर्को साता पूरा हुने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाले जनाएका छन् ।
हाल प्रधानमन्त्री ओलीको स्वास्थ्य सान्मान्य छ उपचार जारी रहेका बेला निजी चिकित्सक डा.दिव्यासिंह शाह बुधवार काठमाडौं फर्किएकी छन् । प्र
धानमन्त्रीको शरीरमा एण्डीबडीको मात्रा केही बढी देखिएको छ । एण्टीबडीलाई शरीरबाट निस्कासन गरी निराकण्रा गर्ने उपाचार विधिलाई निरन्तरता दिन उनी ओली सिंगापुरमा छन् ।
गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि स्वदेश फर्किएका उनी भदौ ५ गते पुनः उपचारका लागि सिंगापुर गएका हुन् ।