चलचित्रको लागि कपाल मुण्डन गरे ,

प्रतेक चलचित्रमा अभिनय गर्दा केहि न केहि फरक तरिकाले प्रस्तुत हुने भन्दै नायिका सुरक्षा पन्तले चलचित्र आमाको लागि कपाल मुडन गरेको बताईन।

चलचित्र ‘आमा’को यतिबेला धमाधम छायांकन भैरहेको छ । यो चलचित्र बढीजस्तो पानीमा छायांकन हुने निर्देशक दिपेन्द्र के खनालले जानकारी गरे ।

चलचित्रमा कलाकार मिथिला शर्मा शिर्ष भूमिकामा छिन्, भने सुरक्षा पन्त छोरीको भूमिका अपनाएकि छिन। सुरक्षाले चलचित्रमै कपाल मुण्डन गरेको देखाउनुपर्ने भएकाले आफूले संझौता नगरेको बताइन् ।‘

lekbesi

आफ्नो लामो कपाल मुण्डन गर्दा भावूक त भएँ । तर, कपाल मुण्डन नगर्दा दृश्यमा भाव नदेखिने भएकाले मैले हुँदैन भन्न सकिन उनले भनिन ।

चलचित्रमा यो दृश्यमा अभिनय गर्दा आफू धेरै रोएको पनि सुरक्षाले सुनाइन् ।शर्मिला पाण्डेले निर्माण गरेको चलचित्र आमा फागूणको ९ गतेबाट रिलिज हुँदैछ ।

चलचित्रमा मिथिला शर्मा, सुरक्षा पन्त, देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौलाको मुख्य भूमिका रहने छ । चलचित्र डीएस डिजिटलको ब्यानरमा निर्माण हुने छ ।

नायिका सुरक्षा पन्तले यो भन्दा अगाडी जति पनि चलचित्रमा अभिनय गरेकी छिन ति सबैमा उनि फरक रुपमा प्रस्तुत भएकि छिन।