Simta
Gurvakot
Gurvakot

सिंगापुरबाट कन्फरेन्स भिडियो प्रधानमन्त्रीले हेलो भन्नु भयो हामीले नमस्कार, मन्त्रि बास्कोटा ,,

भदौ १२ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार्रथ सिंगापुरमा रहेका बेला भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक नबसेको संचारमन्त्रिले बताएका छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने बैठक बसेका छैनौ, प्रधानमन्त्रीले सिंगापुरबाट भिडियो कन्फरेन्स प्रयोग गर्दै हेल्लो भन्नु भयो हामीले नमस्कार गरिउ भन्ने तर्क गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला ९ भदौमा भिडियो कन्फरेन्सबाट प्रधानमन्त्री संग मन्त्रिपरिषदका सदस्यहरुले कुराकानी गरेका थिए ।

lekbesi

नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ मा संशोधन गरी प्रधानमन्त्री अनुपस्थित भएको अवस्थामा प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्ने व्यवस्था गरिएपछि तेसैका आधारमा प्रविधिको प्रयोग गरेर प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बसालेका थिए।

उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो ।नेपालको लागि यो नँया प्रयोग भएको मन्त्रीहरुले बताएका छन् । तर उक्त कन्फरेन्स बैठकबारे प्रतिपक्षि नेपाल कांग्रेसकाले यसको विरोध गरेको छ ।

Simta

प्रधानमन्त्री स्वदेशमा नभए पनि उनकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक होइन,? भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिने मात्र होइन, गोपनियता नरहने र लिएको शपथविपरीत हुन जान्छ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यबाहक दिएको अवस्थामा प्रधानमन्त्रीले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्नु नीतिगत त्रुटि भएको कांग्रेसको दाबी छ ।

ओली स्वस्थउपचारको लागि सिंगापुरमा छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार प्रक्रिया अझै एक साता जारी रहने भएको छ ।

मिर्गौलासम्बन्धी एन्टिबडी’ को उपचारका लागि सुरु गरिएको ‘प्लाज्माफेरेसिस’ प्रक्रिया अर्को साता पूरा हुने प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाले जनाएका छन् ।