सुर्खेतको कट्कुवा जंगलमा कसले फाल्यो दुई दर्जन भन्दा बढी मृत गाई साथमा १५० बढी जिम्दै ,,

भाद्र १३ ,सुर्खेत – सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको कट्कुवा जंगलमा २३ वटा गाई मृत भेटिएका छन् ,।३० गाई अर्धमृतमा छन्।

बाँकेको नेपालगञ्जबाट ट्रकमा राखेर दैलेख लैजादै गरेका गाई मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । मृत भेटिएका गाई संगै १५० गाई जीवितपनि भेटिएका छन्।

कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी पूर्णचन्द्र जोशीले कानुनी प्रक्रिया पूरा गरी नेपालगन्जबाट ल्याइएका गाई बीच बाटोमै किन खसालिए भन्नेबारे अनुसन्धान भइरहेको बताए।

lekbesi

उनका अनुसार ८ वटा ट्रकमा गाई ल्याइएका थिए। तीमध्ये ५ वटा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएकाे छ। पशु चिकित्सकले गाई कसरी मरेका हुन् भन्नेबारे अनुसन्धान सुरु भइसकेको जनाएका छन्।

वीरेन्द्रनगनर नगरपालिकाका पशु चिकित्सक नारायण न्यौपानेले मरेका गाईको ग्रस (बाहिरी) र इन्टरनल (भित्री) पोस्टमार्टम गरिने बताए। गाई कसले र किन फाल्यो भन्ने भने जानकारी भयको छैन ।प्रहरीले अनुसन्धान गरिरहेको छ ।