surkhet

कस्ता प्रहरी नरिवल बेच्नेलाई पैसा माग्दा नदिएपछि कुट्पिट गरे ,,

surkhet

भदौ १३ ,काठमान्डौ – धनुषाको जानकी मन्दिरस्थित फुटपाथमा नरिवल बेच्दा दुई युवालाई प्रहरीले कुटेको भिडियो सार्वजानिक भयो। साथै प्रहरीले ति युवालाई कुट्दा भिडियो खिच्ने युवालाई पनि प्रहरीले भिडियो किन खिचेको भन्दै कुटेका थिय।

भिडियो सामाजिक संजालमा सार्वजनिक भयपछि जानकी मन्दिरस्थित पर्यटक प्रहरी पोस्टका प्रहरी सहायक निरीक्षक वीरेन्द्र यादव र जवान प्रेमशंकर यादवलाई धनुषा प्रहरीले कारबाही थालेको छ ।

हिजी बिहिबार १२ गते अपराह्न नरिवल बेच्ने एक १६ वर्षीय रोशन चौधरीलाई  प्रहरीले कुटपिट गरिरहेको थिय, तेही बेला सुशील कर्णले भिडियो खिचेर फेसबुकमा पोस्ट गरेका थिए। ब्यापारी संग प्रहरीले पैसा समेत मागेको भिडियो एक युवाले सर्वजनिक गरेका छन् ।

Dailekh
Gorkha

भिडियो खिचेको भन्दै दुबै प्रहरीले कर्णलाई नै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। दुवैलाई स्पष्टीकरण सोधी अनुसधान गरिरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।

खनालका अनुसार जनकपुर मन्दिरलाई व्यवस्थित गर्न फुटपाथ हटाउने अभियान चलाइएको छ। फुटपाथमा नरिवल बेच्न राखेका ती युवकलाई हटाउन प्रहरी पुगेका थिए।

तेही क्रममा ब्यपारी र प्रहरीबीच धकेला धकेल भयो तेही क्रममा भिडियो खिच्नेलई प्रहरीले दुर्व्यवहार गरेका रहेछन हामि कारबाही गर्छौ प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले भने ।

salyan