छोरी बलात्कार गर्ने बाबुलाई १३ वर्ष जेल सजाए ,,

भदौ १३ , मकवानपुर – जिल्ला अदालत मकवानपुरले छोरी बलात्कार गर्ने बाबुलाई १३ वर्ष कैदको फैसला गरेको छ ।

हेटौंडा उपमहानगरपालिका-४ का ३३ वर्षीया झड्केलो बाबुले १२ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले १३ वर्ष कैद गर्ने फैसला गरेको हो ।अदालतले १ लाख ५० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउने आदेश पनिगरेको छ ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको बिहीबारको इजलासले नाबालिकालाई जबर्जस्तीकरण गरेकोमा १२ वर्ष र हाडनातामा बलात्कार गरेको थप १ वर्ष गरेर १३ वर्ष कैदको फैसला गरेको अदालतका श्रेस्तेदार केशवकुमार कौशिकले बताए ।

२०७५ असार १५ गते बालिकालाई झड्केलो बाबुले घरमै बलात्कृत गरेको थियो ।