Simta
Gurvakot
Gurvakot

चितवनमा डेंगु रोग विरुद्ध सचेतना अभिवृद्धि संचालन हुने,

भदौ १३ , काठमन्डौ – विभिनन प्रदेशमा डेंगुको संक्रमण देखिएसंगै भरतपुर महानगरपालिकामा डेङ्गु रोग विरुद्ध महानगरवासीहरुलाई सचेतना अभिवृद्धि गर्ने बृहद कार्यक्रम हुने भयको छ ।

भरतपुर मेयर रेणु दाहालको संयोजकत्वमा भोलि बिहान ७ बजे महानगर गेटबाट शुरू भै लायन्स चोक, कमलनगर,पोखरा बसपार्क हुँदै पुन लायन्स चोक सम्म डेंगु सचेतना कार्यक्रम गरिने भन्दै सबै नगरबासीलाई मेयर दाहाल आब्हान गरेकी छिन ।

,डेंगु गत जेठमा धरान नगरपालिकाबाट फैलिएको थियो । डेंगु हाल ४२ जिल्लामा पुगेको छ । अहिलेसम्म १५ सय ३७ जना डेंगुबाट संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

lekbesi

यो ११ भदौसम्मको तथ्यांक हो । प्रदेशगत रुपमा हेर्ने हो भने संक्रमणको तथ्याङ पहिलो नम्बरमा प्रदेश नं. १ र दोस्रो नं. ३ नम्बर रहेको छ । डेङ्गको संक्रमण फैलिएको लामो समय नभए पनि प्रदेश नं. ३ मा २ जनाको निधन भइसकेको छ ।

निधन हुनेको संख्या हेर्ने हो भने ३ नं प्रदेश पहिलो नम्बरमा पर्छ । कर्णाली प्रदेशमा भने हाल सम्म डेंगु देखा परेको छैन सबैभन्दा कम डेंगु देखिएको सुदूरपश्चिम प्रदेशमा पनि ६ जना संक्रमित भएका छन् ।

Simta

डेंगुबाट संक्रमित भएकाहरु यो भन्दा बढी हुन सक्ने ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । किनकी यो डेंगुको शंका लागेर अस्पताल पुग्नेहरुको मात्र तथ्यांक हो ।

प्रदेश नं. ३ का स्थानीय विकास मन्त्री युवराज दूलालले अहिले हेटौंडा र चितवनमा नियन्त्रणको कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन भइरहेको बताए ।

स्थानियत निकाय विद्यालय, स्वास्थ्य क्षेत्र, सुरक्षा निकायलाई पनि डेङ्गु नियन्त्रणको लागि आग्रह गरेका छौँ । प्रदेश नं. ३ को डेङ्गु नियन्त्रणमा आईसकेको छ ।

’ मन्त्री दुलालले भने । सबै भन्दा बढी जनसंख्या बसेको जिल्ला काठमान्डौ भने डेंगु नियत्रण गर्ने कुनै अभियान सुरु भयको छैन २०१६ मा गरिएको अध्ययन अनुसार झापाको दमकमा धेरै जनामा ‘एईअल्बोपिक्टस’ जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण भएको पाइएको थियो ।

बिरामीहरूमा डेन–१, डेन–२ र डेन–३ भाइरस देखिएको थियो । यो वर्ष धरानमा देखिएको डेंगुबाट संक्रमित भएकाहरुमा डेन–२ प्रकारको भाइरस भेटिएको छ ।डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ ।

यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।