राप्रपाले गाई मारेर पाखण्ड देखायो बाबुराम ,,
भदौ १४ , ललितपुर् – गाई र राजा बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाएको समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले टिप्पणी गरेका छन् ।
समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले शनिबार ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले भने, ‘राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो ।
त्यसैले आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड !’तेस्तै पुराना दलहरुले जनतालाई थागीराखेको पनि बाबुराम भट्टराईले बताए।
अर्कोले साम्यवादको नाममा महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।
भट्टराईले भने २१ औं शताब्दीको विज्ञानमा आधारित विचार, त्यसको आवश्यकता सुहाउँदो नीति तथा कार्यक्रम लिएर समाजवादी पाटी विकल्पका रुपमा आएको दाबी गरे ।
तेस्तै समाजवादी पार्टीले प्रदेश ३ नेतृत्वमा सोनामसिं स्याङ्तानलाई छानेको छ भने मुख्यसचिवमा मोहन बराइलीलाई चयन गरेको छ।
यसैगरी नेवाः राष्ट्रिय समितिको अध्यक्षमा मनरत्न शाक्य, ताम्सालिङ राष्ट्रिय समितिको अध्यक्षमा कृष्णकुमार घलान र मुख्यसचिवमा वीरबहादुर तामाङ चयन भएका छन् ।
त्यसैगरी शेर्पालुङ राष्ट्रिय समन्वय समितिको संयोजकमा दावा छिरिङ शेर्पा चयन भएका छन् । शिल्पि विशेष प्रदेश समितिको संयोजक दलमर्दन कामी र दानबहादुर नेपाली मुख्यसचिव चयन भएका छन् भने समाजवादी नेवाः संघमा अध्यक्षमा सत्यनारायण डंगोल र महासचिवमा सुरेश खड्गी चयन भएका हुन्।