suekhet
bheriad

पर्यटनमन्त्रि भन्छन शेर बहादुर देउवासंग मन्त्रालयको कामबारे ब्रिफिङ गर्दैछु ,,

lekabesi

भदौ १४ , काठमान्डौ – एकाबिहानै संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पूर्वप्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन् ।

शनिबार बिहानै उनि देउवा निवास बूढानीलकण्ठ पुगेको र मन्त्रालयका काम साथै भ्रमण वर्ष २०२० को बारेमा छलफल भयको बताएका छन् ।

साथै उनले देउवासंग भेटघाटको फोटो सामाजिक संजाल फेसबुकमा पोस्ट गरेका छन् ।प्रतिपक्ष र सत्तारुढ नभनेर यस्तो संस्कारलाई हटाउदै मन्त्रि भट्टराई नेपालि कांग्रेसका सभापति देउवालाई भेट्न पुगेका हुन् ।

उनले देउवासंग मन्त्रालयका तर्फबाट भईरहेका काम, केही दिन पहिले सार्वजनिक गरेको मन्त्रालयको वार्षिक कार्यक्रम र भ्रमण वर्ष २०२० का बारेमा देउवालाई जानकारी गराएको बताए ।

उक्त बारेमा देउवाले अभिरुचिका साथ सुन्नुका साथै महत्त्वपूर्ण सल्लाह सुझाव समेत दिएको भट्टराईले बताएका छन् ।