‘रेलको पटरिले जिबन बदल्दियो एक गितले ५० लाख…

रेलवे स्टेसनले गर्दा आफ्नो जीवन परिवर्तन होला र यँहा सम्म पुग्न सकीएला भन्ने खै कसले सोचेको होला र तर मानिसको जीवन खै कति खेर कँहा पुग्छ ,त्यो भगवानको हातमा हुन्छ ,।

रानु मण्डलले रेल वे स्टेशनमा बसेर एउटा गित गाईन उनले ‘एक प्यार का नग्मा हे’ बोलको गीत गाएकी थिइन् । रेल वे स्टेशनमै बसेर उनले गीत गाएर गुजारा चलाउँदै आएकी थिइन् ।

त्यो गितअहिले भईरल छ, रानुले गाएको भिडियो अतिद्र चक्रवती नाम गरेका एक युवाले खिचेर सामाजिक संजालमा पोष्ट गरेका थिए । रानुले गाएको मन परेकाले उनले भिडियो खिचेका थिए ।

lekbesi

उनले पोष्ट गरेको केही समयमा नै भिडियो भाइरल भएको थियो । रानुको स्वरको चौतर्फी चर्चा भयो । भिडियो भाइरल भएपछि उनीमाथि संगीत क्षेत्रका हस्तीहरुको पनि आँखा पर्यो ।

रानुलाई गायक तथा संगीतकार हिमेश रेशमियाले पहिलो पटक गीत गाउने अवसर दिए । उक्त गीत रेकर्ड भएपछि अहिले रानुको माग निकै बढिरहेको छ । बलिउड चलचित्रदेखि भोजपूरी चलचित्रका मेकरले समेत उनलाई अफर गरिरहेका छन् ।

विवाहित रानु मण्डल को घर राम्रो चल्दै आएपनि उनका श्रीमान्को मृतु पछि रानु बेसहारा बन्न पुगिन श्रीमानको मृत्यु पछि रानु आफ्नो माइती गाउँ रानाघाट फर्किइन् । फर्किएर उनले गीत गाउन सुरु गरिन् ।

गीत गाएर नै उनी आफ्नो जीवन चलाइरहेकी थिइन् ।रानुको एक छोरी थिइन् । तर, आफ्नो बुबाको मृत्युपछि आमाले स्टेशनमा गीत गाएको उनलाई मन परेको थिएन । त्यसैले उनले आमाको साथ छोडेकी थिइन् ।

अहिले भिडियो भाइरल भएपछि छोरी पनि आमाको साथमा आएकी छिन् । उनलाई नायक सलमान खानले ५० लाखको घर उपहार दिएका छन् ।रेलको पटरिमा गाएको एक गितले उनको जिबन परिवर्तन भयो।