Simta
Gurvakot
Gurvakot

नवलपरासीमा तिज गीत प्रतियोगिता सम्पन्न ,

भदौ १५ नवलपरासी पश्चिम – नवलपरासी पश्चिम बर्दघाट नगरपालिकामा हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा शनिवार बृहत तिज गीत प्रतियोगिता सम्पन्न भएको छ ।

सामुदायिक त्रिवेणी टेलिभिजन बर्दघाटको आयोजनामा भएको कार्यक्रममा टेलिभिजनका अध्यक्ष भोजराज ढकालको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यमा भएको थियो । तिज पर्व कुनै एक व्यक्तिको नभई सबैको साझा भएकाले सास्कृतिक पर्वको नाममा बिकृत बिसंगीती रुपमा नमानउन नगर प्रमुख धिरज शर्माले अग्रह गरेका थिए ।

lekbesi

Simta

उक्त विभिन्न संघसंस्था क्लब र बिद्यालय गरी आठ टीमको सहभागिता रहेको थियो । सम्पन्न प्रतियोगितामा राजा माध्यमिक विद्यालय भुतहा प्रथम, राइजिंग युथ तथा बालक्लब द्धितिय, दिब्यज्योती माध्यमिक विद्यालय एजि ग्रुप तृतिय र दाउन्नेदेवी माध्यमिक विद्यालय सन्तावना स्थान हासिल गरेका थिए । प्रतियोगितामा विजेता लाई नगद सहित प्रमाणपत्रले सम्मानित गरिएको थियो ।

कार्यक्रममा बर्दघाट नगरपालिकाकी उपप्रमुख माया पौडेल, रामग्रम नगरपालिकाकी उपप्रमुख रम्भा कुवँर, बर्दघाट नगरपालिका वडा नं.-४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रबिन्द्र बिक्रम हमाल, दाउन्ने देवि महिला बहुउश्येशीय सहकारी संस्थाकाकी अध्यक्ष देबी पौडेल, लगायतले तिजको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

अंगद यादव/ नवलपरासी पश्चिम ,,