डेंगुबाट बच्न अपनाउहुस यी उपाए डा.रविन्द्र समिर रंग दर्पण ,

भदौ १५ , काठमान्डौ – अहिले मुलुकैभर देखिएको समस्या हो डेंगु ,जसले गर्दा विभिन्न प्रदेशमा बिरामीको संख्या दिनानुदिन बढीरहेको छ ।

आज मात्रपनि भक्तपुरमा १२ जना डेंगुका बिरामी फेला परेका छन् ।यस्तो समस्याबाट जोगिन निम्न उपाए अपनाउन सकिने डा . रविन्द्र समिरले जानकारी गरेका छन् ।

डेंगुलाई break bone ज्वरो पनि भनिन्छ किनकी यसले एकदम जोर्नी तथा मांशपेशी दुकने हुन्छ | डेंगुहो या होइन भन्ने कसरि पत्ता लगाउने यस्ता हुन्छन लक्षन ,

– मुख्य लक्षणहरु –
– अचानक ठूलो ज्वरो आउनु
– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घांटी बस्नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्नु / वान्ता आउनु
– छटपटी हुनु
– रिंगटा लाग्नु
– निद्रा नलाग्नु
– हड्डी तथा मांशपेशी निकै दुख्नु
– आँखा तथा घांटी रातो हुनु

छाला, नाक, मुख आदिबाट रगत आएमा आकस्मिक अवस्था मान्नुपर्छ ।
– ८० % बिरामीमा पहिलो दिनमा, ६० – ८० % बिरामीमा दोस्रो दिनमा NS1, IgM test ५-७ दिनमा पोजिटिभ देखिन्छ ।

– १५०,००० देखि ४५०,००० सम्म हुनुपर्ने प्लेटलेट लगातार घट्दै जान्छ ।

बिशेष सतर्कता :
– ज्वरोको लागि प्यारासिटामोल मात्र प्रयोग गर्नुहोला  ।आइबुप्रोफेन, अस्पिरि आदिको प्रयोग नगर्नुहोला  ।आइबुप्रोफेन, एस्पिरिन आदिले रगतलाई पातलो बनाउने हुँदा रक्तश्राबजन्य डेंगुमा प्रयोग गर्दा झन् खतरा हुन्छ ।

– बालबालिका, बृद्धबृद्धा, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरु, दीर्घ बिरामीहरुलाई बिशेष ख्याल गर्नुपर्दछ ।

– जुनसुकै ज्वरो आएपनि यथेष्ट आराम गर्ने, झोलिलो खानेकुरा प्रशस्त खाने, सागसब्जी / फलफुल / गेडागुडीको रस, दाल, सुप नियमित खाने ।

– डेंगुको कुनै बिशेष औषधि तथा खोप छैन  ।एन्टिबायोटिकले डेंगु निको हुँदैन । चिकित्सकले अर्को संक्रमण नहोस भन्ने उद्देश्यले सामान्य एन्टिबायोटिक चलाउन सक्छन । कडा एन्टिबायोटिकको आवश्यकता हुँदैन  ।तसर्थ जथाभावी एन्टिबायोटिक किनेर प्रयोग गर्नु हुँदैन ।

रोकथाम

– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
– लाम्बाहुले कपडा लगाउने
– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने ।
– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ | १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने।
-प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।
स्मरण रहोस – प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वस्थ्य रहने उपायहरु अबलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । तसर्थ स्वस्थ्य जीवनशैली अपनाऔं ।

डा . रविन्द्र समिरको सहयोगमा ,