प्रदेशमा गरिबको खुन चुस्ने मिटर ब्याजको नाईके पक्राउ ४ लाख दिएर १५ लाखको तमसुक ,,

भदौ १५ , काठमान्डौ – सर्लाही रौतहट र महोत्तरीका तीनसयभन्दाधेरै स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण शाह ‘परदेशी’लाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई मलंगवा-१० स्थित उनको घर छेवैबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले आइतबार साँझ शाहलाई पक्राउ गरेर नियन्त्रणमा लिएको प्रदेश २ प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले बताए ।

महतोका अनुसार लालबन्दी–४ की रुकमणि चौधरीले ठगी सम्बन्धी कसूरमा ६ भदौमा दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।‘

साढे ४ लाख रुपैयाँ ऋण लिएकोमा जबरजस्ती १५ लाख रुपैयाँको कपाली तमसुक बनाएको भन्ने व्यहोरामा जोहरी प्राप्त ‘ठगिएको भनेर उजुरी आएपछि खोजी भयको ज्ञानकुमार महतोले बताए ।

पक्राउ परेका उनीबाट ठगिएका हरु न्यायको खोजी गर्दै काठमाडौंसम्म आइपुगेका थिए । उनीहरु मध्ये अधिकांशले त्रासका कारण प्रहरीमा जाहेरी पनि नदिएको जनाइएको छ ।

पिडितहरु काठमाडौंमा आएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेर गुनासो राखेका थिए ।

उनिहरिले प्रदेशिले आफुहरुलाई जबर्जस्ती रिनु बनाउने पिडा दिने पैसा नदिए मर्ने धम्कि दिने गरेको हुनाले आफुहरुलाई न्याय दिलाईदिन आग्रह गरेका थिए ।

प्रदेशीमाथि अनुसन्धान कारबाही अगाडी बढाउने र उनको घर खानतलासी गरिने प्रहरीले बताएको छ।