suekhet
bheriad

‘पोई पर्यो काले’को फस्टलुक सार्वजानिक ,,

lekabesi

शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘पोई पर्यो काले’को फस्टलुक रिलिज भएको छ ।

चलचित्रको फस्टलुकमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठलाई स्थान दिइएको छ ।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी छ । अमलादेवी राई कार्यकारी निर्माता रहेको चलचित्र कमेडी पारामा तयार पारिएको छ ।

कात्तिक ८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘पोई पर्यो काले’लाई शिव ढकालको छायांकन, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन छ ।

चलचित्र कस्तो छ भन्ने र यसको कथा बारे निर्माण पक्षले भने अहिलेनै प्रस्ट पारेको छैन ।