पत्रकार बन्न अब परिक्षा पास गर्नुपर्ने ,

भदौ १६ , काठमान्डौ – सामाजिक संजालमा देखिएका पत्रकारका हर्कतलाई नियान्दै सरकारले मिडिया काउन्सिल बिधेयक पेश गरेको छ । जो सर्वसम्मत पास भएको छ ,अब भने पत्रकार बन्नलाई तोकीएका नियम र कक्षा पास गर्नुपर्ने छ ।

जसलाई सांसदहरुले मिडिया काउन्सिल विधेयकमा संशोधन दर्ता गराएका छन् । आइतबार सत्तारुढ दल नेकपाका १४ जना राष्ट्रियसभा सदस्यले संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा पत्रकारिता पेशामा प्रवेश गर्नेहरुको परीक्षा लिनुपर्ने उल्लेख गरिएको छ ।

पत्रकारिता व्यवसायी परीक्षा भनिने यस्तो परीक्षा मिडिया काउन्सिल अन्तर्गतको परीक्षा समितिले लिनेछ । पत्रकार बन्ने व्यक्तिले मौखिक र लिखित दुवै परीक्षा दिनुपर्ने संशोधनमा उल्लेख गरिएको छ ।

lekbesi

पत्रकारिता पेशामा प्रवेश गर्नका लागि परीक्षा सञ्चालन गर्ने र त्यसका लागि पाठ्यक्रम पनि काउन्सिललेनै तयार गर्ने संशोधन प्रस्तावमा उल्लेख छ । यस्कोलागि कान्सिल्ले वर्षमा दुई पटक परिक्षालिने छ ।

‘काउन्सिलले पत्रकारिता व्यवसायी परीक्षाको पाठ्यक्रम,स्तर र प्रणाली निर्धारण गर्नेछ । यससम्बन्धी पत्रकारिताको विषयको अध्ययन अध्यापन शैक्षिक संस्थाहरुको आवश्यक सहयोग काउन्सिलले लिनेछ संशोधन प्रस्तावमा भनिएको छ ।

पत्रकारको रुपमा दर्ता हुन पत्रकारिता विषयमा स्नातक उपाधी भएको हुनुपर्ने वा अन्य कुनै विषयमा स्नातक गरेको भए तीन वर्ष काम गरेको हुनुपर्ने वा निरन्तर सञ्चार प्रतिनिधि भई पाँच वर्ष काम गरेको हुनुपर्नेछ ।

पत्रकारिता व्यवसायी परीक्षा उतीर्ण हुनुपर्ने र नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय पाएको हुन नहुने प्रावधान विधेयकमाथिको संशोधन प्रस्तावमा उल्लेख गरिएको छ । विधेयकमा पत्रकारलाई जरिवानाको प्रस्ताव हटाउन नेकपाले संसोधन गरेको छ ।

समाचार लेखेकै कारण कुनै पनि ब्याक्तिको प्रतिष्ठामा आँच पुगेको ठहर भएमा पीडितलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म क्षतिपूर्ति भराउने व्यवस्था हुनपर्नेमा भने अब यस्तो नहुने भयको छ यसको पत्रकार महासंघ लगायत संस्थाले विरोध गरेका थियो ।