suekhet
bheriad

यो वर्ष भदौ महिनामानै दशैँको लागि अग्रिम टिकट बुकिङ् ,,

lekabesi

भदौ १६ , काठमान्डौ – यो वर्षको लागि सरकारले भदौ २५ गतेबाटनै दशैँको लागि अग्रिम टिकट बुकिङ् खुल्ला गर्ने प्रस्ताव गरेको छ ।यो विषयामा यातायात व्यवस्था विभागले छलफल गर्न व्यवसायीहरुलाई बुधबार बोलाएको छ ।

ब्यावसायी सहमत भय भदौ २५ गते बाट टिकेट बुकिङ्ग गर्नसक्ने विभागका महानिर्देशक गोगबहादुर हमालले जानकारी दिए । व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गरेका छन् ।

विभागसँग भएका छलफलहरुमा उनीहरुले वैज्ञानिक भाडा समायोजनलगायतका मुद्दा उठाएका छन् । २०६९ सालपछि वैज्ञानिक रुपमा भाडा समायोजन नभएकाले भाडा समायोजन गर्नुपर्ने उनीहरुको अडान छ ।डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरेको थियो ।

तर, ५ घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो । यातायात व्यवसायीले अब दशैंको अगि्रम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने व्यवसायीका धेरै मागहरु रहेको बताउँछन् ।

तर, सरकारले वातावरण तयार गरे बुकिङ खोल्ने बताए ।सरकारले हरेक वर्ष दशैंमा काठमाडौंबाट घर फर्किनेहरुका लागि अग्रिम टिकट बुकिङ खुलाउने गरेको छ ।

तर, यातायात व्यवसायीले अगि्रम टिकट बुकिङ खुलाउनुअघि विभिन्न माग तस्र्याएर सरकारलाई दवाव दिने गरेका छन् । यो विषयामा व्यवसायीले बुधबारको छलफलमा आफ्ना मागहरु राख्ने छन्।