suekhet
bheriad

सशस्त्र प्रहरी द्वारा दुई लाख बराबरको अबैध कुखुरा बरामद ,रंग दर्पण ,

lekabesi

भदौ १७ – नवलपरासी पश्चिम – नवलपरासी पश्चिमको बनकट्टी करमिसवा नाका बाट अबैध रुपमा भारतबाट नेपाल ल्याउदै गरेको दुई लाख बराबरको अबैध कुखुरा सशस्त्र प्रहरी अाउट पोष्ट गुठी परसौनीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बिओपि गुठी परसौनीका प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको मोबाईल गस्ती टोलीले सोमवार राती भारतबाट अबैध रुपमा पिकअपमा नेपालतर्फ ल्याउदै गरेको सुस्ता गाउँपालिका वडा नं.- ५ बनकट्टीबाट बरामद गरेको थियो ।

बरामद गरिएको कुखुरा र गाडीलाई स्थानिय बासिन्दा तथा पत्रकारहरुको रोहबरमा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय महेशपुर पठाएको शसस्त्र प्रहरी गुठी परसौनीले जनाएको छ ।

त्यस्तै सोमवार रेगंहिया नाकाबाट एक सय पचास क्युन्टल केराउ र कपडा समातिएको थियो भने सोमवारनै साझ ३३ हजार बराबरको कुखुरा बरामद गरि नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

अंगद यादव/ नवलपरासी पश्चिम,