सुर्खेतमा सेनाको एयर वेस संचालनमा ,,
भदौ १७ , सुर्खेत – नेपालि सेनाले पहिलोपटक काठमान्डौ बाहिर सुर्खेतमा एयर वेस सञ्चालनमा ल्याएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले मंगलबार एयर वेसको उद्घाटन गरेका हुन् ।
वेसमा तत्काल एमआई,१७ सहित २ वटा हेलिकप्टर तैनाथ अवस्थामा राखिएको उत्तरपश्चिम पृतना मुख्यालयले जनाएको छ । सेनाले कर्णाली र सुदूरपश्चिम प्रदेशका जिल्लामा आपतकालीन उद्धार, ढुवानी र राहत वितरणलगायत कार्यलाई लक्षित गरी एयर वेस सञ्चालमा ल्याएको हो ।
वेस सञ्चालनमा ल्याइएसँगै आपतकालीन र जटिल अवस्थाका विरामी, दुर्घटनाका घाइते र प्राकृतिक प्रकोपमा परेका व्यक्तिको उद्धार र राहतमा सहज हुने मुख्यालयले जनाएको छ । जसलेगर्दा ढुवानी सहज भइ विकास निर्माणका कार्यले तीव्रता पाउने पृतनाले बताएको छ ।