जाजरकोटमा चट्याङले २५० भेडा मरे ,,

भदौ १७ , जाजरकोट – जाजरकोटको कुशे पाटनमा चट्याङ लागेर २५० भेडा मरेका छन् भने कम्तिमा २ सय ५२ भेडा पनि हराएको प्रहरीले जनाएको छ ।
कुशेको पाटनमा चरनको लागि लगिएका भेडा हावाहुरीसहित परेको चट्याङले मरेका हुन् कुशेमा करिब ४८ जना किसानले व्यावसायिक रुपमा भेडापालन गर्दै आएका छन्।
उनीहरुले भेडा चरनकालागि वर्षायाममा करिब ४ हजार ८ सय मिटर उचाइको कुशे पाटनमा लैजाने गरेका छन्। भेडा र चौपाएका लागि पोषिलो घाँस कुसेमा पाईनेहुनाले किसानहरु वर्षेनी भेडा चरनका लागि लैजाने गरेको किसान बताउछन।
तर अत्यधिक हावाहुरीका कारण भेडा बचाउन मुस्किल भयको कुशे ९, चौराँटाका दीर्घबहादुर रोकायले बताए ।यो पटकको यो ठुलो क्षतिले किसानमा सारै दुखि तुल्याएको उनि बताउछन। स्थानि सरकार र अन्य निकाएसंग क्षतिपुर्तिको माग गरेको उनि बताउछन ।
हावाहुरीसँगैको चट्याङ लागेर २ सय ३३ भेडा मरेको र २ सय ५२ भेडा हराएको तथ्यांक आएको जिल्ला प्रहरी प्रमुख डीएसपी श्यामबहादुर खत्रीले बताए। चट्याङले बारेकोट गाउँपालिका–३, धौलाकोटका नरबहादुर बस्नेतका ४२४ भेडा मध्ये ५० वटा मरेकोर २५ हराएका छन्।
भेडा मरेको अझै एकिन हुन सकेको छैन जसको लागि घटनातर्फ प्रहरी खटाउने कार्य भईरहको खत्रीले वताए पाटनमा हावाहुरी र चट्याङका कारण ठूलो संख्यामा भेडा मरेकोले क्षतिको एकीन गरी पीडित किसानलाई राहतका लागि प्रक्रिया थालिएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए।
भेडाको मर्ने संख्या अझै बढी छ एकिन हुँदै छ उनले भने। स्थानिय बजारमा एक भेंडाको मूल्य १५ हजारदेखि २० हजार जाने गरेको पनि बस्नेतले बताए ।जसको कारण सबै भेडाको मूल्य हाल सम्म करिब ४ करोडको क्षति भयको उनि बताउछन , ।
प्रतेक किसानको घरमा १५० देखि ३ सयको हारा हारिमा भेडा पालन छ कुशे–८, कफल्लाका दुर्गबहादुर रोकायको अस्थायी गोठमा पालिएका १४५ मध्ये ८३ मरेको र ६२ भेडा हराएको उनले बताए। कुशे–८ जिन्तालाका रुपबहादुर सिंहका १० भेडा मरेका छन् भने १० वटा हराएका छन्।
कुशे–७ समाइलाका गणेशबहादुर घर्तीका ६० भेडा मध्ये ४०, कुशे–५, ढीमेका रत्नबहादुर शाहका १ सय १७ मध्ये ३०, कुशे–९ का पृथ्वीबहादुर रोकाय र जनक रोकायका ४२ मध्ये १२ भेडा मरेका छन्। अरु भेडा हराएको किसानको गुनासो छ।
