प्रहरीलाई पेस्तोल देखाएर भाग्न खोज्दा प्रहरीले हान्यो गोलि ,,

भदौ १८ , काठमान्डौ – प्रहरीको गोलि लागेर वीरगञ्ज महानगरपालिका १६ निवासी सन्तोष दास तत्मा घाइते भयको छ ।

मंगलबार राति चेकप्वाइन्ट थापेर जाँच गरिराखेको प्रहरी टोलीलाई हतियार देखाउँदै भाग्ने क्रममा प्रहरीले गोली चलाएको थियो ।

दाहिने खुट्टामा गोली लागेका तत्माको नारायणी अस्पतालमा उपचार भइरहेको छ। विशेष सूचनाको आधारमा मंगलबार राति साढे ९ बजेदेखि वीरगन्ज १३ राधेमाईमा चेक प्वाइन्ट थापेको थियो।

गए राति १० बजेर१० मिनेटको समयमा प्रहरीलाई हतियार देखाएर भागेपछि गोली प्रहार गरिएकाे हो ।

उनको साथबाट एक थान पेस्तोल, त्यसमा प्रयोग हुने गोली १७ राउन्ड बरामद भएको छ ,संगै १ सय ७० ग्राम लागूऔषध पनि बरामद गरिएकाे प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठाैरले बताउनु भयो ।