कर्णालीका पूर्वमन्त्री खडक खत्री अदालतमा हाजिर बयान सुरु ,,
भदौ १८ , काठमान्डौ – बैंकिङ कसूरसम्बन्धी मुद्दामा बयान दिनको लागि कर्णाली प्रदेशका खडक खत्री उच्च अदालत पाटनमा हाजिर भएका छन् ।
कृषि विकास बैंकको मुख्य शाखा कार्यालयका कामु प्रबन्धक गोकुलप्रसाद पनेरुले दायर गरेको मुद्दामा खत्री प्रतिवादी बनाइएका थिए ।
कृषि विकास बैंक भोजपुरबाट एक करोड ८० हजार रुपैयाँको कीर्ते बैंक ग्यारेन्टीको पत्र खत्रीसहित ५ जनाले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा बुझाएको आरोपमा उनीहरुविरुद्ध बैंकिङ कसूरको मुददा चलेको छ ।
गत साउन २८ गते उच्च अदालतले खत्रीलाई ३ दिनभित्र अदालतमा हाजिर गराउन आदेश दिएको थियो । उनि बुधबारमात्र अद्लात हाजिर भएका हुन् उनको बयान चलिरहेको उच्च अदालतका सूचना अधिकारी मोहन सुवेदीले बताए ।
उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा उनको बयान भइरहेको छ । बैंकिङ कसूरसम्बन्धी मुद्दा लागेपछि उनको मन्त्रिपद पनि गुमको छ ।
कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उनलाई मन्त्रिपदबाट बर्खास्त गरेका हुन्। साथै भौक्तिक तथा योजना मन्त्रि खडक खत्रीको पद हाल मुख्यमन्त्री शाहिलेनै समालेका छन् ।खडक खत्री मन्त्रि ठेकेदारपनि हुन् ।