मानव बेचबिखन नियन्त्रण गर्न जाजरकोटमा प्रहरीले चाल्यो अभियान ,,
भदौ २० , जाजरकोट – नेपालमा बढ्दो मानव बेचबिखन कम र नियन्त्रण गर्न जाजरकोट प्रहरीले अभियान सुरु गरेको छ।
नेपालको संविधानले सबै प्रकारका शोषणविरुद्धको हकलाई मौलिक हकको रुपमा व्यवस्था गर्नुका साथै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि कानून निर्माण गरी अपराध नियन्त्रणका लागि राज्यका सबै निकाय परिचालन गरिएको छ ।
सरकारको प्रतिबद्धता मानब बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको एक्यवद्धता भन्ने मुल नारा सहित मानब बेचबिखन बिरुद्धको १३ औ राष्ट्रि्य दिबशको अबसर पारेर जाजरकोट प्रहरीले स्थानिय बालबालिकामा जनचेतना फैलाउदै सप्ताहब्यापी कार्यक्रम गरेको हो ।
भेरी नगरपालिका जाजरकोटले आयोजना गरेको उक्त कार्यक्रम भाद्र १४ देखि प्रारम्भ भई आज २० गते समापन गरिएको हो ।कार्यक्रममा करिब ३०० भन्दा बढी स्थानिय बालबालिका ,बुद्दिजीविको सहमभागिता थियो।
कार्यलयका प्रमुख प्रनाउ श्याम बहादुर खत्रीले मानब बेचबिखनको बारेमा जनचेतना सन्देस दिएका थिए, भने प्रमुख अथिति मन बहादुर रावल, संगै अन्य अथितिहरुले मन्तव्य राखेका थिए
कार्यक्रम भेरी नगरपालिका वडा नं. ४ बसपार्क देखि गैरीखाली सम्म जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावलको नेतृत्वमा र भेरी नगरपालिकाका उप-प्रमुख भावना भण्डारीको नेतृत्वमा ऐ.-३ को ठाटी बजार देखी गैरीखाली सम्म जनचेतनामुलक र्यालीको आयोजना गरीएको थियो।
मानव बेचबिखन र्याली, प्रभातफेरी कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख, नागरिक समाज, शुरक्षा निकाय, पत्रकार, शिक्षक, बिद्यार्थी सम्वन्धित निकाएको सहभागी रहेको थियो।