जगमा एसीड राखेर पानि हो भन्दै पिउन दिएपछि यो हालत ,

भदौ २० वीरगञ्ज – वीरगञ्जमा स्कुले छात्रामाथि शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेका छन् ।

रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुन माथि एसिड प्रहार भएको हो ।

गल्लीमा सैलुनमा बसेर उनीहरुले खातुनलाई एसिड छ्यापेेर भागेको प्रत्यदर्शीले बताएका छन् । खातुनको त्यो बाटो सधै स्कुल जाने आउने गर्थिन विद्यालयकै पोसाकमा उनलाई एसीड प्रहर गरिएपछि उनि चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर उनलाई काठमाडौं ल्याइएको छ र कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।उनको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।

पक्राउ परेको सम्साद मियाँ ,,

मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहारबाट गम्भीर घाइते भएकी वीरगन्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान खातुनको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी शुरु गरेको प्रहरीले घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज-१३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए ।एसीड छाप्नेमा संलग्न सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

खातुनलाई उनीहरुले सिलिन नजिक बसेर पलास्टिकको जगमा पनि हो भनेर पिउन समेत भनेका थिए तर उक्त पनि खातुले नपिउने भनेपछि पछाडीबाट गएर दुवै ब्याक्तिले शरीरमा छ्यापे, जब खातुन चिच्याईन त्यो एसिड रैछ , धन्न पानि भनेर खईदीएको भय ज्यान जान्थ्यो होला मुस्कानका ठूलो बुवा भुलन मियाँले घटनापछि नारायणी अस्पतालमा बताए ।