suekhet
bheriad

दुई अध्यक्षबीच भेटवार्ता ,

lekabesi

भदौ २० , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल वालुवाटारमा भेटवार्ता भयको छ ।प्रधानमन्त्री ओली सिङ्गापुरबाट स्वास्थ्य उपचार गराएर शुक्रबार फर्केपछि उनको स्वास्थ्योपचारबारे जानकारी लिन अध्यक्ष दाहाल बालुवाटार गएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली भदौ ५ गते उपचारका लागि सिङ्गापुर गएर आज स्वदेश फर्कीएका हुन्

भेटवार्ता संगै दुवै अध्यक्षबीच समसामयिक विषयमा कुराकानी छलफल भयको प्रचण्ड दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए ।

प्रधानमन्त्री ओली उपचारका क्रममा सिङ्गापुर रहँदा अध्यक्ष दाहालले सचिवालय बैठक राखेर एकताका कामसमेत गरेका थिए । प्रधानन्त्री ओलीले अब नियमित काम गर्नसक्ने उनका निजि चिकित्सकले बताएका छन्।