Simta
Gurvakot
Gurvakot

मौसम गुरुङको वर्षा आँसुको भिडियो सार्वजानिक ,,

काठमाडौंँ- नेपालि गीत संगीतमा पछिल्लो समयमा चर्चित नाम हो मौसम गुरुङ । गायक गुरुङले गाएका हरेक गीतहरु उतिकै चर्चा रहने गरेका छन् । गीत संगीत प्रेमीका लागि फेरी “वर्षा आसुको” सार्वजनिकक भएको छ ।

जसमा लय तथा शब्द ओम छिनालको रहेको छ, भने गायक मौसम गुरुङ र पाल्पा आइडल धनमाया दिसुवा मगर सुमधुरको आबाज रहेको छ । सर्जक छिनाल पनि पछिल्लो समय नेपालि सांगीतिक बजारमा अटेको नाम हो ।

छिनालाका हरेक सृजना आम दर्शक स्रोताको मन मुटुमा बस्न सफल भएका छन् । गीतसंगीत भने पछी हुरुक्क हुने छिनालका हरेक सृजना प्रेरणा र पिडादाई हुन्छन ।

lekbesi

यस गीतको म्युजिक भिडियोलाई डि.आर सुजनले निर्देशन गरेका छन् । निर्देशक डी.आरले निकै नै फरक कथा बस्तुमा भिडियो निर्माण गरेका छन् ।

निर्देशक डी.आरले निर्देशनमा स्थापित हुन् खोजे पनि यतिमा पनि सिमित छैनन । गायन क्षेत्रबाट नेपालि गीतसंगीतमा प्रवेश गरेका सुजन एक नेपालि संगीतमा अटेका नेपालि गीतसंगीतका दर्शकले पत्याएका सर्जक पनि हुन् ।

Simta

हरेक गीतहरुलाई फरक कथा बस्तुमा उतार्न माहिर डी.आरले यो गीतमा पनि फरक कथा बस्तु तयार बनाएर प्रस्तुत गरेका छन् । भन्नुहुन्छ: गीतको हरेक शब्दमा म बग्छु,म अझै पूर्ण भएको छैन सिक्दै छु सिकेका कुरा प्रस्फुटन गर्दै छु । कोशिस गर्दै छु भोलि म सफलतामा पुग्न सकेछु भने यो देन आम दर्शकको रहने छ ।

रेशम दर्लामीको छायांकन रहेको म्युजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका छन् भने म्युजिक भिडियोमा चर्चित मोडल महेन्द्र गौतम,साया भण्डारी,चन्दा बिडारी,सृजना क्षेत्री “चूईसि” सवी खड्का लागाएका कलाकारहरुको दम्दार अभिनय रहेको छ ।

धुन नेपाल प्रदामा दृश्य निर्माण भएको यस गीतलाई गायक मौसम गुरुङ अफिसियल युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।

हेर्नुहोस भिडियो ,