suekhet
bheriad

भारतको चन्द्रयान,२ सम्पर्कविहीन भएपछि प्रधानमन्त्री मोदीको सम्बोधन ,,

lekabesi

भाद्र २१ भारत -,भारतको चन्द्रयान-२ चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क टुटेको छ । चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको ‘विक्रम ल्याण्डर’लाई सुरक्षित रुपमाचन्द्रमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष संस्थान ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन’ (इसरो)मा राष्ट्रको नाममा सम्बोधन गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदी शनिबार विहान इसरो पुगेर वैज्ञानिकहरुसँग भेटघाट गरेका थिए ।उनले देशको नाममा सम्बोधन गर्दै आफ्नो अन्तरिक्ष वैज्ञानिकलाई चन्द्रयान–२ अन्तिम समयमा सम्पर्कविहिन भएको र त्यसमार्फत पूर्वनिर्धारित लक्ष हासिल नभएकोमा चिन्तित नहुन आग्रह गरेका छन् ।

इसरोका अध्यक्ष के.सिवनले चन्द्रमा नजिकै पुगेको बेला सम्पर्क टुटेको बताएका छन् । उनले भनेका छन्, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्ब सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।

’चन्द्रयान-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो ।भारतीय अन्तरीक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय गएका थिए ।

जब इसरोका अध्यक्षले प्रधानमन्त्री मोदीलाई सम्पर्क टुटेको जानकारी गराए, तब मोदीले उनको काँधमा हात राख्दै सान्त्वना दिएका थिए ।उनले यो असफलताले थप अगाडि बढ्ने दृढता बढाएको उल्लेख गरे ।

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो ।

भारतको पहिलो चन्द्र अभियान चन्द्रयान-१ पनि चन्द्रमाको सतहमा अवतरण गर्न सकेको थिएन । तर त्यसले चन्द्रमाको सतहमा विस्तृतरुपमा पानीको खोजी अघि बढाएको बताइन्छ ।