नुवाकोटमा जिम्दो गाईलाई गाड्दै गरेको भिटियो ,,

भदौ २१ ,विदुर–- नुवाकोटको विदुर नगरपालिका ४ मा जिउँदै पुर्दै गरिएको गाईलाई देखिएपछि स्थानीयले मिलेर उद्दार गरेका छन ।बट्टार हावाघर नजिकै नवर्निमित क्रियापुत्री बस्ने भवन नजिक गाईलाई खाल्डा खनेर पुर्न लागिएको अवस्थामा स्थानीयले देखेका थिए ।

गाई पुर्ने मान्छे भने फरार रहेको प्रहरीले बताएको छ जिउँदै गाईलाई पुर्दै गरेको स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । नजिकै नेपाली सेनाको ब्यारेक रहेकाले सेना र प्रहरीको सहयोगमा स्थानीयले पुर्दै गरिएको गाईको उद्धार गरेका हुन् ।

गाई चीनतर्फ तस्करीका लागि ल्याइएको हुन सक्ने आंशका गरिएको छ । गाईलाई किन एसरि गाड्न थालियो भन्ने बारे थप प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।केहि हप्ता अगाडी मात्र पनि कर्णाली प्रदेश सुर्खेतको जंगलमा ३ दर्जन भन्दा बढी मरेका गाई फेला परेका थिए।

lekbesi