surkhet

अहिले सम्म ७० हजारलाई डेंगु ४ जनाको मृतु बच्नलाई यस्ता छन् उपाए ,,

surkhet

भाद्र २२ , काठमान्डौ – पछिल्लो समय देशभर प्रकोपको आतंक फैलिएको डेंगुले हाल सम्म ७० हजार ब्याकी प्रभावित रहेको चिक्सकको भनाई छ ।

वैशाखदेखि असारसम्म ३ हजार ४ सय २५ जना र साउनयता ३ हजार ५ सय ८० जना उपचार गराउन अस्पताल आइपुगेका छन् ।

यो सरकारी क्षेत्रको रिपोर्टेड तथ्यांक हो,निजी क्षेत्रका धेरै केस रिपोर्टिङ भएका छैनन्,हाल सम्म डेंगुका कारण ४ जनाको ज्यान गैसकेको छ भने डेंगुका कारण मृतु भयको हो वा होइन भन्ने प्रमाणीकरणको प्रक्रियामा छ ।

Dailekh

सरकारी तथ्यांकअनुसार हालसम्म ४८ जिल्लामा डेंगु देखिएको छ । निजि र सरकारी अस्पतालमा रिपोर्ट आईसकेको र नआईसकेको गरि हाल सम्म नेपालका ४८ जिल्लामा ७० हजार डेंगु प्रभावित ब्याक्ति रहेको ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले बताए धेरै डेंगु प्रभावित बिरामीहरु स्पतालमा नआएओ समेत ईडीसीडी) को तथ्यांकले जानकारी गरेको छ।

डेंगुको १० प्रतिशत केस मात्र लाक्षणिक हुन्छ भने बाँकी ९० प्रतिशत सामान्य ज्वरोका बिरामी मात्र हुन्छन् । चितवनमा मात्र डेंगुबाट एक हजार ब्याक्ति संक्रमण रहेको ईडीसीडी) को तथ्यांक छ।

ईडीसीडीले डेंगु रोग निदानका लागि र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) को सट्टा रगतमाह्वाइट ब्लड सेल तथा प्लेटेलेट गणना र हेमाटोक्रिट परीक्षण गरी रोग निदान र व्यवस्थापन गराउन अनुरोध गरेको छ ।

ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख शाहका अनुसार आरडीटी किटको विभिन्न जिल्लाबाट अत्यधिक माग भइरहेको अवस्थामा हाल स्वास्थ्य सेवा विभागबाट आरडीटी किटको सट्टा बिरामीहरूको रगत परीक्षण गरी रोग निदान गर्न भनिएको छ ।

Gorkha

आरडीटी किटको प्रयोगले डेंगु पोजेटिभ वा नेगेटिभ देखिए पनि उपचारको प्रोटोकलमा कुनै फरक नपर्ने समेत प्रमुख डा. प्रकाश शाह बताउँछन् । खाल्डा तथा पानी जम्ने स्रोत पुरौं, झ्यांग काटौं, चिस्यानमा DDT, मालाथिन छरौं , जनचेतनाको अभियान सुरु गरौँ  ।प्रकोपमा सबै एकजुट बनौं ।

डेंगु हो वा होइन यसरि पत्ता लागाउनुहोस ,,

– मुख्य लक्षणहरु –
– अचानक ठूलो ज्वरो आउनु
– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घांटी बस्नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्नु / वान्ता आउनु
– छटपटी हुनु
– रिंगटा लाग्नु
– निद्रा नलाग्नु
– हड्डी तथा मांशपेशी निकै दुख्नु
– आँखा तथा घांटी रातो हुनु

 

डेंगुबाट कसरि बच्ने ,,

रोकथाम

– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
– लाम्बाहुले कपडा लगाउने
– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने ।
– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ | १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने।
-प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।
स्मरण रहोस – प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वस्थ्य रहने उपायहरु अबलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । तसर्थ स्वस्थ्य जीवनशैली अपनाऔं ।

salyan