चन्द्रमामा एसरि अडिएको फेला पर्यो विक्रम ल्याण्डर,

Naumule

भदौ २२ , एजेनसी – भारतीय अन्तरिक्ष अनुसन्धान केन्द्र (इसरो) ले चन्द्रयान,२ ल्याण्डर विक्रम चन्द्रमाको सतहमा फेला पार्न सफल भएको छ । सिवनले ल्याण्डर अवतरण भएको पत्ता लागेपनि त्यो कुन अवस्थामा रहेको छ भन्ने अझै यकिन नभएको बताएका छन् ।

इसरोका अध्यक्ष डा. के सिवनले आइतबार चन्द्रमामा विक्रम ल्याण्डर अवतरण भएको स्थानमा पत्ता लागेको जानकारी दिएका हुन् । हार्डल्यान्डिङ भएको तर ल्याण्डरमा क्षति पुगेको वा नपुगेको भने अझै स्पष्ट नभएको उनले बताए।

अर्बिटरले ल्याण्डरको केही तस्विर (थर्मल इमेज) खिचेको छ । यद्यपि, अर्बिटरद्वारा लिइएको ल्याण्डरको तस्विर इसरोसम्म आइपुगेको छैन । विक्रमसँग सम्पर्क कायम गर्न अझै पनि प्रयास जारी रहेको छ ।

इसरो ७ सेप्टेम्बरमा अन्तरिक्ष विज्ञानमा इतिहास रच्ने नजिक थियो । तर, चन्द्रयान–२ को ल्याण्डर विक्रमको ल्याण्डिङभन्दा मात्र ६९ पहिलो पृथ्वीसँग सम्पर्क टुटेको थियो ।

Gurvakot

चन्द्रमाको दक्षिणी ध्रुवमा ल्याण्डर विक्रमको शनिबार बिहान भारतीय समयअनुसार १ बजेर ५३ मिनेटमा ल्यान्डिङ हुनुपर्ने थियो ।यसपछि सिवनले भारतीय मिसन ९९ प्रतिशत सफल भएको र अन्तिम चरणमा ल्याण्डरसँग सम्पर्क टुटेको बताएका थिए ।

ल्याण्डर’लाई सुरक्षित रुपमाचन्द्रमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तरिक्ष संस्थान ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन’ (इसरो)मा राष्ट्रको नाममा सम्बोधन गरेका थिए ।

उनले देशको नाममा सम्बोधन गर्दै आफ्नो अन्तरिक्ष वैज्ञानिकलाई चन्द्रयान–२ अन्तिम समयमा सम्पर्कविहिन भएको र त्यसमार्फत पूर्वनिर्धारित लक्ष हासिल नभएकोमा चिन्तित नहुन आग्रह गरेका हुन् ।

Bangad kupinde