नुवाकोटबाट चीनतर्फ गाई तस्करी गर्ने पाँचजना पक्राउ,साथमा एक दर्जन गाई प्रहरीको हातमा ,
भदौ २२ , काठमान्डौ – नुवाकोटबाट चीनतिर गाई तस्कर गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले विभिन्न ठाँउबाट गाईतस्कर गरेर चीनको केरुङ्ग तर्फा लैजाने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।
कस्पाङ गाउँपालिका,३का ३६ वर्षे राज तामाङ र ५४ वर्षे आइत तामाङ विरुद्ध प्रहरीले मुद्धा दायरसमेत गरेको छ। पक्राउ परेका अन्य ३ जनामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक राजेश थापाले जानकारी दिए।
नुवाकोटस्थित वट्टारमा शनिबार पुरिएको अवस्थामा जिउँदो गाई भेटिएपछि उनीरुलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक अविनारायण काफ्लेले जानकारी दिए।
तामाङद्वयलाई वट्टार हावाघरबाट पक्राउ गरिएको हो भने अन्य ३ जनालाई वेत्रावतिबाट पक्राउ गरिएको नुवाकोट प्रहरीले बताएको छ।
विशेष सुचनाको आधारमा प्रहरीले उनीहरुलाई खोजि कार्य गरेको थियो । तस्करीबाट उद्दार गरिएका एकदर्जन गाईहरु हावा घरमा रहेको किरियापुत्रीको भवन निर्माणस्थलसँगै राखिएको छ।