सल्यानको रैकर वजार देखि भेरी पुल सम्मको सडक थप १५ मिटर चौडा गरिने ,,
भदौ २३ सल्यान – सल्यान जिल्ला साविकको बनगाड कुपिण्डे नगरपालीकाले सडक अतिक्रमण गरि निर्माण भएका घरटहरा हटाउने जानकारी गरेको छ ।
नगर सभा र नगर कार्यपालिकाको बैठक बसी युक्त निर्णय अनुसार सडक अतिक्रमणमा बनेका छिन्चु जाजरकोट सडक खण्डको रैकर वजार देखि भेरी पुल सम्म र सल्लीबजार रुकम चौहरजारि सडक खण्डको वजारको मुख्य चोकसम्म बनेका घर ,संरचना हटाउन ३ महिने सुचना जारि गर्ने भएको छ ।
हाल अहिले सम्म १५ मिटर सम्म सडकमा भवन संरचना निर्माण भएपनि अझै १५ मिटरका दरले युक्त संरचना हटाउन नगरपालिकाले सिमा क्षेत्र सम्म सडक डिभिजनसँग समन्वय गरि सुचना गरेको हो ।
अतिक्रमण गरि निर्माण गरेका भवन संरचनालाई तोकीएको समय अनुसारमा हटाई सक्नुपर्ने छ । सडक नजिक घर, टहरा निर्माणले गर्दा सडक चौडा हुननपाउदा दिनहु सल्लीबजारमा घटना हुने गरेपछि यस्तो कदम चालीएको प्रमुख प्रशासकिय अधिकृत हरिवहादुर खत्रीले अनुरोध गरेका हुन् ।
त्यसै गरि सल्लीवजारको माथिल्लो वजार अहिले ६ मिटर छ उक्त सडकलाई पनि ९ मिटर थप कायम गरि १५ मिटर चौडा बनाईने जनाएको छ । सल्ली रुकुम चौहरजारि सडक खण्डका सुनौली वजार,नाथेखोला,शंखपिपल च्युरा वजार र गर्चे वजारलाई समेत १५ मिटर सडक चौडा हुने जनाएको छ ।
सल्लीबजारको माथिल्लो बजारमा तोकीएको मापदण्ड भित्रका सबै संरचना हटाउनमा बजारबासिले आ आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत अनुरोध गरिएको छ उक्त क्षेत्रको सडक अतिक्रमित गरि वनेका संरचना समेत हटाईने छ ।
त्यसै गरि नगर कार्यापालीकाको वैठकले महत्वपुर्ण निर्णय गरेको जनाएको छ । वजारवासिले यसलाई आ आफ्नो क्षेत्रबाट भरपुर सहयोग हुने समेत विश्वास गरिएको छ । सडकको क्षेत्राधिकार नतोकिदाँ यहाँका स्थानीयले घरहरु निर्माण गर्न सकिरहेका छैनन् ।
अन्य क्षेत्रमा सवै ठाउँ सडकले आफ्नो क्षेत्र ओगटि सकेकाले हाम्रो यहाँ ढिलाई भएको छ । तेसै गरि स्वास्थ्य संस्था नभएका क्षेत्रमा छिटै स्वास्थ्य ईकाई स्थापना गर्ने,कर्मचारि पदपुर्ति,भवनको लागि डिपियार तयार पार्ने लगाएतका कामलाई अघि वढाउने नगरको कार्यापालीका वैठकले निर्णय गरेको छ ।
साथै देवस्थलमा रहेको १ नं. वडाको वडा कार्यालय लाई सल्लीवजारको वस पार्कमा रहेको भेरी राप्ती वस व्यवसायीको भवनमा सार्ने बैठकले जनाएको छ । युक्त कार्यको लागि सवै कार्यापालिकाका जनप्रतिनीधीहरुको दवाव रहँदै आएको थियो । नगरसभा नगरपालिकाको सहमतिमा बसेका बैठकले गरेका निर्णयले नगरमा पुर्वाधार गर्न सजिलो हुने समेत अनुमान गरिएको छ।