Simta
Gurvakot
Gurvakot

चिनियाँ विदेशमन्त्री वाङ र प्रचण्डबीच भेटघाट,,

भदौ २४ , काठमान्डौ – नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

वाङ्गर प्रचण्डको मंगलबार बिहान राजधानीको एक पाँचतारे होटलमा भेटवार्ता गरेका छन् । भेटमा दुई देशको आपसी हितलगायत विषयमा कुराकानी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

Simta

वाङले राष्टपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, विदेशमन्त्री प्रदीप ज्ञवालीलगायतसँग यसअघि नै भेटवार्ता गरेका थिए ।विदेशमन्त्री वाङको भ्रमणका क्रममा नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ ।

lekbesi

सोमबार प्रधानमन्त्री लगायत अन्य समकक्षि संग भएका भेटवार्ताहरुमा वाङले ‘राष्ट्रपतिको भ्रमण उपयुक्त समयमा हुने’ बताएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार राष्ट्रपति सिको नेपाल भ्रमण असोज अन्तिम वा कात्तिक पहिलो सातासम्म हुन सक्ने बताईएको छ ।