६ लाखको म्युजिक भिडियो बजारमा ,हेर्नुहोस पिरतीको खेल बरै,rangadarpan

भदौ २४ ,काठमान्डौ – पछिल्लो समय यता विभिन्न गित संगीतले बजारमा तहल्का पिटेको देखिन्छ ।कलाकारहरु पनि को भन्दा कम भन्दै गित संगीत लाइ प्राथामिकता दिएको देखिन्छ ।

कुरो प्रथामिकता भन्दा पनि पैसाको आउने गर्दछ, बल्कि कसले कति पैसामा गित निर्माण गर्न सक्छ भन्ने कुराको होड बाजिनै चलेको छ ।यो भन्दा अगाडी पनि बजारमा सुनीएका गित हरु महँगोमा निर्माण भयो भन्ने कुरा आउने गर्दथ्यो ।

समय सापेक्ष त यौटा भिडियो निर्माण गर्न १ देखि २ लाख सम्म लाग्ने गरेपनि अब त्यो अवस्था छैन ।किन कि अहिले भिडियो निर्माणमा ३ देखि ४ लाख सामान्य बनेको छ त्यो। पनि अडियो बाहेक , ।

यसै क्रममा आज मात्र यौटा गित सार्वजानिक गरियो , पिरतीको खेल बरै नामक भिडियो भने अडियो देखि भिडियो निर्माण गर्दा ६ लाख नाघेको निर्माण कर्ता हर्क सिंह गुरुङले रंग दर्पणलाई जानकारी गरे ,।

सुजन लम्सालले सब्द सङ्गीत गरेको पिरतीको खेल बरैमा बिष्णु माझि र हर्क सिंह गुरुङको स्वर सुन्न सकिन्छ ।श्रीकाली चौरका विभिन्न स्थलमा छायांकन गरिएको यो भिडियोलाई मौसम हिमालीले निर्देशन कोरियोग्राफर गरेका हुन् ।

केहि समययता मौसम हिमालीको नाम निकै चर्चामा देखिन्छ। नबराज उप्रेतीले सिनेमाट्रोग्राफी गरेको यो भिडियोलाई प्रविन भट्ट र मनोज कार्कीले कलर सम्पादन गरेका हुन् ।कृष्ण भान्जाले एरेञ्ज गरेको यो गितलाई मारुनी स्टुडियोमा रेकर्ड गरिएको हो।

समग्र रुपमा गितको अडियो भिडियोमा कुनै पनि कमि छैन ।समय सापेक्ष बजारमा सर्वाजनिक भयको यो भिडियोले दर्शक श्रोताको मन अबस्य जित्छ भन्ने यसको निर्माण पक्ष विस्वस्त देखिन्छ ।

गितको भिडियोलाई मौसम हिमालीले लोभ लाग्दो ढंगले निकै रोमान्टिक मुडमा क्रस गुरुपलाई अटाउन सफल रहेका छन् , ।गितको मुख्य कलाकारमा श्रिस्टि खडका र निर्मल क्षेत्रिलाई देख्न सकिन्छ , ।गितलाई हर्क सिंह गुरुङको य्तुटुब च्यानलबाट बजारमा पठाईएको छ ।

ल हेर्नुहोस भिडियो ,,

थप समाचार र भिडियोको लागि याँहा किलिक गर्नुहोस ,, https://www.facebook.com/rangadarpan/messages/