डेंगुका कारण सुर्खेत गुर्भाकोट बोटेचौरमा एक महिलाको मृतु ,,

 

भाद्र २५ , सुर्खेत – कर्णाली प्रदेश सुर्खेतको बोटेचौर भालुखोलामा डेंगुका कारण एक महिलाको मृतु भएको छ ।

बर्ष ३६ कि पम्फा कुमारी बिकलाई गत १८ गते काठमान्डौको छाउनी अस्पतालमा उपचारको क्रममा डेंगु फेला परेको थियो ।छाउनीमा उपचार्थ उनलाई काठमान्डौको ग्रांडी अस्पतालमा रिफर गरिएको थियो ।

सघन कक्षमा राखेर उपचार गरिएपनि बचाउन नसकीएको ग्रांडी अस्पतालका डा . सुवास प्रसाद आचार्यले बताए। आज बिहान ६ बजे उनको मृतु भएको डा.आचार्यले जानकारी गरे।

हाल सम्म डेंगुका कारण नेपालमा मृतु हुनेको संख्या ६ बगेको छ भने ७० हजार भन्दा बढी ब्याक्ति डेंगुबाट प्रभावित छन् ।गत जेठमहिनामा धरानबाट फैलिएको डेंगु हाल नेपालका ५६ जिल्लमा फैलीएको छ ।

यो सरकारी क्षेत्रको रिपोर्टेड तथ्यांक हो,निजी क्षेत्रका धेरै केस रिपोर्टिङ भएका छैनन्,डेंगुको १० प्रतिशत केस मात्र लाक्षणिक हुन्छ भने बाँकी ९० प्रतिशत सामान्य ज्वरोका बिरामी मात्र हुन्छन् । चितवनमा मात्र डेंगुबाट एक हजार ब्याक्ति संक्रमण रहेको ईडीसीडी) को तथ्यांक छ।

डेंगु हो वा होइन यसरि पत्ता लागाउनुहोस ,,

 मुख्य लक्षणहरु 

– अचानक ठूलो ज्वरो आउनु
– आँखाको वरिपरी तथा कन्चटमा धेरै दुख्नु
– सबै शरीर दुख्नु
– घांटी बस्नु
– साना बिमिरा आउनु
– शरीर चिलाउनु
– वाकवाकी लाग्नु / वान्ता आउनु
– छटपटी हुनु
– रिंगटा लाग्नु
– निद्रा नलाग्नु
– हड्डी तथा मांशपेशी निकै दुख्नु
– आँखा तथा घांटी रातो हुनु

डेंगुबाट कसरि बच्ने ,,

रोकथाम

– लामखुट्टे भगाउने स्प्रे अथवा लोसन शरीरमा लगाउने
– लाम्बाहुले कपडा लगाउने
– डेंगु लाग्ने लामखुट्टे day biter अर्थात दिनमा टोक्ने भएकोले दिउँसो सुत्दा झुल प्रयोग गर्ने ।
– भीडभाडमा सकभर नजाने ।
– घर वरिपरी पानी जम्ने खाल्डो पुर्ने, घरभित्र पानीलाई छोपेर राख्ने, बाथरुम ओभानो राख्ने, टायर / पाइप आदिमा पानी जम्न नदिने ।
– पानी जमेको ठाउँमा DDT, मालाथिन छर्नु पर्छ | १ चम्चा पेट्रोल राख्न पनि सकिन्छ ।
– माथिका लक्षण देखिएमा तुरुन्त जांच तथा उपचार गर्ने।
-प्यारासिटामोलले ज्वरो नियन्त्रण नभए वा चिकित्सकले दिएको औषधि खाँदा पनि प्रभावकारी नदेखिए अस्पताल भर्ना हुने ।
स्मरण रहोस – प्राकृतिक खानपिन, नियमित व्यायाम, तनावरहित जीवनशैली तथा स्वस्थ्य रहने उपायहरु अबलम्बन गरेमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । तसर्थ स्वस्थ्य जीवनशैली अपनाऔं ।