विप्लव चन्दका छोरा प्रकाश रिहाrangadarpan

भदौ २६ , चितवन – चितवनको मेडिकल कलेज परिसरबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द रिहा भएका छन् ।

प्रकाश लगाएत् १८ जनालाई हिजो चितवनको भरतपुरस्थित मेडिकल कलेजबाट प्रहरीले पक्राउ गरेको थियो ,।

प्रकाश सहित सबैलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले बताए।

lekbesi

चितवन मेडिकल कलेजले अबैध असुलेको शुल्कको विरोधमा आन्दोलनरत विद्यार्थी र प्रहरीविच बिहान भएको झडपको क्रममा उनीहरु पक्राउ परेको थिए ।

मेडिकल कलेजले गरेको अनियमितताको आन्दोलनको अगुवाई प्रकाश चन्दले गरेका छन्। प्रकाश चन्द हिजो आज विभिन्न अन्तर्वार्तामा पनि देखिने गरेका छन्। सरकारले नेत्र विक्रम चन्द विप्लवलाई प्रतिबन्धित गरेको छ।