Simta
Gurvakot
Gurvakot

दशैको लागि अग्रिम टिकेट असोज ५ गते बाट खुल्ला गरिने ,,

भदौ २६ , काठमान्डौ – यो वर्ष बडा दशैको लागि आँउदो असोज ५ गते बाट अग्रिम टिकेट बुकिङ् खुल्ला गरिने भयको छ ।

गत वर्षको दशैमा भाडा १० प्रतिशत बढेपनि यो वर्षभने भाडा बढाईएको छैन । यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीको बिहीबार काठमाडौंमा बसेको संयुक्त बैठकले असोज ५ गतेदेखि दशैंका लागि अग्रिम बस टिकट खुला गर्ने निर्णय गरेको छ ।

Simta

यो वर्षा भाडा नबढेपनि सडक तत्काल सुधार गर्नपर्ने यातायात व्यवसायीले सरकार संग माग राखेका छन् । वर्षाका कारण क्षति पुगेका सडक सुधारको कामलाई भने तत्काल अघि बढाउन सरकारसँग माग गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए ।

lekbesi

यात्रुहरुलाई दशैंमा सहजताका साथ यात्रा गर्न आवश्यक व्यवस्था मिलाउन काठमाडौंमा मात्रै १४ स्थानमा नागरिक सहायता कक्ष स्थापना गर्ने तयारी गरिएको छ ।