न्यायाधीशका सवारी चालक पनि घूससहित पक्राउ,rangadarpan

भदौ २६ , सिरहा – जिल्ला अदालत सिरहाका इजलास नम्बर ३ का न्यायाधीश नरनारायण पौडेलका सवारी चालक वृजमोहन यादवलाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम सिरहास्थित एक होटलबाट घूस रकमसहित अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो ।

यादवलाई सदरमुकाम सिरहास्थित खड्ग होटलबाट १ लाख १० हजार घूस रकम लिदै गर्दा अख्तियारको बर्दिबासस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो ।

lekbesi

यादवले अदालतमा विचारधिन मुद्दा मिलाइदिने भन्दै पीडितसँग रुपैयाँ माग गरेका थिए । पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।