रुकुम चौरजहारी

गुर्भाकोट नगर स्वास्थ्य शाखा संयोजक किरण ओलीको स्टाटसमा रंग दर्पणको गम्भीर घोर आपतिrangadarpan

रुकुम आठ विसकोट

भदौ २६ , काठमान्डौ – गुर्भाकोट नगरपालिका नगर स्वास्थ शाखाका संयोजक किरण ओलीको सामाजिक संजाल फेसबुकमा राखीएको विज्ञप्ति प्रति हाम्रो रंग दर्पण डट कम घोर आपति र भत्सना गर्दछ ।

मूल धारको समाचार अनलाईनले लेखेका समाचारलाई आधिकारिक पुस्टि होइन, भन्दै सामाजिक संजालमा पोस्ट गर्नु आफैमा निन्दनीय छ। यौटा महत्वपुर्ण र जिम्मेवारी स्वास्थ्य कर्मीले टिका टिप्पणी गर्दा समेत ध्यान पुर्याउन हामि आग्रह गर्दछौ ,।

किरण ओली आफै स्वस्थ कर्मी भयको हुनाले सत्य समाचारलाई पनि गलत हुन्, भनि स्थानिय देखि सर्वसाधारणमा भ्रम छोड्नु गलत टिका टिप्पणी गर्नुमा हाम्रो गम्भीर ध्यानआकर्षण भयको छ।

लामो समयदेखि नसा रोगले पिडित भएकि गुर्भाकोट नगरपालिका ९ कि पम्फा बिक नेपालगंज सिक्षन अस्पतालमा उपचार्थ भई काठमान्डौको छाउनी अस्पातालमा रिफर गरिएको पारिवारिक श्रोतले रंग दर्पणलाई बतायो ।

,नेपालगंज शिक्षन अस्पतालले अन्य विधि मात्र चेक गरि डेंगु भने चेक नगरेको मृतक पम्फा बिकका श्रीमान् मान बाहदुर बिकले हामीलाई बताए ।

अस्पतालको रिफर पछि छाउनी अस्पातलमा भर्ना गर्दा गत १६ गते चेक जांचमा डेंगु देखिएको स्पस्ट रिपोर्ट संकलन छ ।पम्फा बिक दिर्घ रोगका कारण आफैमा रोग प्रतिक्षात्मक कम भै अत्यन्त सिकिस्त भएको र छाउनीमा आईसियुको वेवास्स्था नहुँदा उनलाई काठमान्डौको ग्रांडी अस्पतालमा राखियो ।

ग्रांडी अस्पतालको १४ न सघन कक्षमा उपचार्थ गरिरहेका डा.सुवास प्रसाद आचार्यलेले पनि पम्फालाई डेंगु भएको र उनको शरीरमा रगतको मात्र यकधम कम रहेको जानकारी गरे ।

,ब्लड बैंकबाट ब्लड ल्याएर उपचार गर्दा पनि मृतक पम्फा माथि रगतको मात्र नपुग्ने र रगत सर्कुलेशन नहुने गरेपछि उनि झनै सिकिस्त भईन ।

उपचार चलिरहदा पनि डेंगुका कारण बिर्मी क्रिटिकल अवस्थामा हुँदा देखिने लक्षन नाख ,मुख ,गिजा बाट रगत बगेको डाक्टर बताउछन ।यो डेंगुको अन्तिम लक्षन हो ।

आचार्यले भने १५० प्रतिसत सेतो रक्त कोषमा उनीमाथि जम्मा ३२ प्रतिशत छ। रगत चडेन जम्मा १२ प्रतिशत मात्र पुग्छ ।बिरामी बचाउन मुश्किल छ ।उनले भने।

हामीले जति कोसिस गरेपनि उनी माथि रगत चडेन दिएको रगत पनि शरीरको विभिन्न भागबाट निक्लीएको छ। यो नै डेंगुको अन्तिम लक्षन हो। ड़ेंगुले मान्छेको यति छिटो मृतु हुन्दैन ।

तर उनि दिर्घ रोगका कारण उनीलाई झन् गारो भयो अस्पताल श्रोत बताउछ। अन्तिममा उनको फोक्सो बाटनै रगत बग्न थालेपछि उनको मृतु भई हिजो बिहान २५ गते ६ बजेतिर उनलाई अस्पतालले मृत घोसना गरेको थियो ।

,यो विषयमा रंग दर्पण डटकमको टिम ग्रांडी अस्पतालमा स्थलगत रिपोर्ट समेत गरेको छ ।ग्रांडी अस्पतालमा मात्र उपचार गर्दा मृतक पम्फालाई ४ लाख ३२ हजार २ सय ५१ खर्च लागेको समेत रिपोर्टिङ् बिल छन् ।

गत जेठ महिनामा धरान बाट फैलीएको डेंगु हाल नेपालका ५६ जिल्लामा फैलीएको छ जसबाट ५ जनाको ज्यान गैसकेको ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा.प्रकाश शाहले बताए।

डेंगुको १० प्रतिशत केस मात्र लाक्षणिक हुन्छ भने बाँकी ९० प्रतिशत सामान्य ज्वरोका बिरामी मात्र हुन्छन् । देशै भर माहामारीको रुपमा फैलीएको डेंगुका कारण दैनिक ५ हजार संक्रमित व्यक्ति शुक्रराज ट्रपिकलमा स्वस्थ जांचको लागि पुगेको डा . शेर बहुर पुनले जानकारी गरेका छन् ।