suekhet
bheriad

डेंगुबाट बच्ने घरेलु उपचार यस्ता छन् डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ,rangadarpan

lekabesi

भदौ २७ , काठमान्डौ – पछिल्लो समय देशका ५६ जिल्लामा महामारीको रुपमा फैलीएको डेंगुका कारण ७० जहार भन्दा बढी ब्याक्ति प्रभावित रहेको ईडीसीडी) को तथ्यांकले जानकारी गरेको छ।

गत जेठ महिनामा धरान बाट फैलीएको डेंगुले हाल दशका विभिन्न जिल्लमा महामारीनै ल्याएको सबैलाई अवगत छ। हाल सम्म डेंगुका कारण मृतु हुनेको संख्या ५ पुगेको छ ,।

डेंगु हुना साथ् मानिसको मृतु नहुने तर दिर्घकालिन रोगक बिरामी संग जस्तै मुटु रोग , क्यान्सर ,सुगर आदि जस्ता बिरामीमा रोग संग प्रतिरोध गर्न सक्ने क्षमता नहुँदा मानिसको ज्यान जानसक्ने ईडीसीडीका किटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. प्रकाश शाहले बताए ।

,
डेंगु हुँदा पनि आत्ति हाल्नु हुदैन भन्ने डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ बताउनुहुन्छ  डेंगुको १० प्रतिशत केस मात्र लाक्षणिक हुन्छ भने बाँकी ९० प्रतिशत सामान्य ज्वरोका बिरामी मात्र हुन्छन् । यदी डेंगु हो भन्ने प्रमाणित भएमा पनि घरेलु उपचार बाट पनि नियन्त्रण गर्न सकिने डा. पाण्डे बताउनुहुन्छ।

– ज्वरो तथा दुखाइको लागि पारासिटामोल मात्र खाने।
– शक्तिको लागि क्याप्सुलमा एन्टी अक्सिडेन्ट भिटामिन खान सकिन्छ ।
– प्रशस्त पानी, जीवनजल, फलफुल, फ्रेस जुस खाने ।
– मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने ।
– प्लेटलेट घटेमा दिनको ३० मिलि मेवाको पातको जुस खाने ।
– बाख्राको दुध प्रतिदिन १ गिलास खाँदा डेंगुमा हुने सेलेनियमको कमी, जसले प्लेटलेट घटाउछ, मा फाइदा हुन्छ ।
– रोग प्रतिरोधात्मक क्षमता बढाउन गुर्जोको रस वा पात खाने ।
– अम्बा वा अम्बाको जुस Tannis, vitamins, mineral हुन्छ ।
– स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ।
– नीमको पातले पनि प्लेटलेट बढाउछ ।
– हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन – के पाइन्छ, जसले रक्ताश्राब रोक्न मद्दत गर्छ ।
– मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रोगप्रतिरोधात्मक क्षमता बढाउछ।
– दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ ।
– तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन ।
– जौंको जमराको रस पनि निकै फाइदाजनक हुन्छ।
– सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा हुन्छ ।
– खीर रुचिकर तथा फाइदाजनक हुन्छ ।
– अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउँछ ।
— ( चिल्लो तथा पचाउन गाह्रो हुने खाना नखाने )।

यी सबै एकैपटक खानुपर्छ भन्ने होइन  ।यी मध्ये जुन जुन उपलब्ध हुन्छ, त्यो सेवन गर्ने । डेंगीमा पानीको मात्रा कम भएमा सलाइनपानी दिने तथा गाह्रो भएमा अस्पताल भर्ना हुनुपर्दछ । यी घरेलु उपचारसंगै चिकित्सकको निगरानी र उपचार जारी राख्नुपर्छ ।

डा .रविध्र पाण्डेको सहयोगमा पाण्डे जान स्वास्थ्य विज्ञ हुनहुनछ ,

 

 

थप समाचारको लागि ,https://www.facebook.com/profile.php?id=717189241810088&ref=br_rs