लामखुट्टे मार्ने फगर मेसिन प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन मानव जिबनमा गम्भीर असर पर्नेrangadarpan
भदौ २७ , काठमन्डौ – डेंगु नियन्त्रण गर्ने भन्दै डेंगु प्रभावित क्षेत्रमा लामखुट्टे मार्न देशका विभिन्न ठाउँमा फगर मेसिन चलाइएको छ ।
क्रुबी फाउन्डेसन नामक संस्थासँगको सहकार्यमा अहिले डेंगु प्रभावित क्षेत्रमा औषधि छर्ने काम भइरहेको हो । स्थानीय सरकार तथा एनजीओ तथा आईएनजीओहरुले फगर मेसिन चलाइरहेका छन् ।
गत बुधबार भक्तपुर क्षेत्र नम्बर २ का सांसद महेश बस्नेत लामखुट्टे मार्ने फगर मेसिन लिएर बस्तीमा पसे । उनी फगर मेसिन लिएर मनहराको सुकुम्बासी बस्तीमा पनि पुगेका थिए ।
ललितपुर महानगरपालिकाका केही वडा र काठमाडौं महानगरपालिकाका १२, १३ र १४ नम्बर वडाभित्र औषधी छरिसकिएको छ । अन्य ठाउँमा पनि फगर मेसिन चलाउने काम भइरहेको छ ।
तर यसरी वस्तीमा फगर मेसिन चलाउँदा मानव स्वास्थ्यमा गम्भीर असर पर्ने स्वास्थ्य चिकित्सक बताउछन । डेंगु एडिस जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टे विशेष गरी झाडीमा भन्दा घरमा बस्ने गर्दछ फगर मेसिन वस्तीमा चलाएर डेंगु गराउने लामखुट्टे सखाप हुन्न ।
घरमा फगर मेसिन चलाउनु झनै घातक हुने चिकित्सकहरु बताउँछन्। सरकारले वस्तीमा फगर मेसिन चलाएर गलत गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन बताउँछन्।‘डेंगु गराउने लामखुट्टे त घरभित्र मानिसहरु सँगै हुन्छ ।
त्यसैले वस्तीमा फगर मेसिन चलाएर मानव स्वास्थ्यलाई असर हुने हो घरभित्र बसेका लामखुट्टेलाई केही हुन्न ।फगर मेसिनले मानिसको स्वास्थ्यमा झन् नकारात्मक असर गर्ने पुन बताउछन फगर मेसिनले धेरै भन्दा धेरै लामखुट्टेको लार्भाहरु नष्ट गर्न सक्दैन ।
यो मौसममा लामखुट्टेले धेरै लार्भाहरु छाड्ने भएकाले फगर मेसिन प्रभावकारी नहुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले बताए। यसरि फगर मेसिन चलाउन स्वास्थ्य मन्त्रालयले अनुमति पनि दिएको छैन ।
विभिन्न स्थानीय तह र एनजीओले फगर मेसिन चलाइरहेका छन् ।उँहा हरुलाई यो विषयमा तेती जानकारी छैन होला अब हामि यसलाई रोक्छौ होला प्रवक्ता श्रेष्ठ भन्छन्, हाल अहिले डेंगु नेपालका ५६ जिल्लमा फैलीएको सरकारी तथ्याङ्क बताउछ जसबाट ५ जनाको समेत ज्यान गैसकेको छ ।