काठमाडौंको गोलढुङ्गामा गुण्डा नाईकेमाथि प्रहरीको दुई गोलि प्रहार ,
भदौ २७ , काठमान्डौ – प्रहरीले गोलढुंगास्थित गोलि प्रहर गरि एक जनालाई घाईते गराएको छ ।गुण्डागर्दीमा संलग्न साजन गुरुङ उर्फ नाजोकमाथि गोली प्रहार भएको हो ।
तारकेश्वर नगरपालिकाको गोलढुंगास्थित फूलबारी रेष्टुराँबाट नियन्त्रणमा लिन खोजेपनि साजनले प्रहरीमाथि गोलि प्रहार गरेर भाग्न खोज्दा महानगरीय अपराध महाशाखाको टोलीले उनीमाथि गोली चलाएको थियो ।
साजनको खुट्टामा दुई गोली लागेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।गोलीबाट घाइते भएका साजनलाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।
]धादिङ घर भएका साजनले काठमाडौं र धादिङका निर्माण व्यवसायीसँग रकम असुल्ने गरेको प्रहरीसमक्ष उजुरी परेको थियो ।
साजनको साथबाट एउटा कटुवा पेस्तोल बरामद भएको प्रहरी जनाएको छ ।साजनलाई विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले पहिले देखिने खोजि तलास गर्दै आएको थियो। उनि संग प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।