कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले गरे काठमान्डौमा रहेका कर्णालीका पत्रकार संग भेटघाट rangadarpan
भदौ २७ , काठमान्डौ – कर्णाली प्रदेशबाट काठमान्डौमा रहेर श्रमजीवि पत्राकार गरिरहेका पत्रकारहरु संग कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले भेटघाट कार्यक्रम गरेका छन्।
प्रदेश सरकार गठन पछि यो पहिलो पत्रकार भेटघाट रहेको मुख्यमन्त्री शाहीले बताए ।काठमान्डौको नँया वानेश्वरमा रहेको ईन्द्रेनि फुडल्याण्डमा भयको पत्राकार विशेष भेटघाटमा कर्णाली प्रदेशका महिला तथा पुरुष पत्रकार गरि करिब ७० भन्दा बढीको उपस्थिति थियो।
कर्णालीका कुनै योजना विकासको लागि नभई सामान्य पत्रकार भेट घाट मात्र रहेको शाहीले बताए कार्यक्रममा शाहीले सदैब विशुद्द कलम चलाउने पत्रकारनै देशको मुख्य हतियार भएको बताए , ।
कर्णाली प्रदेशका जनता र विकासको लागि आफु निरन्तर लागि परेको र कर्णालीका विकासका लागि प्रचुर सम्भाव्यता जल जमिन , जडिबुटी र जनशक्तिलाई भरपुर परिचालन गर्ने शाहीले जानकारी गरे।
जसका लागि सहि र सत्य खोजीनिती गरि पत्रकारले कलम चलाईदिन समेत उनले बताए ।आफ्नो लागि नभई कर्णालीका जनताको लागि कलम चलाउन पछि नहट्न समेत शाहीले बताए।
नेपाल भ्रमण वर्ष २०२० को लागि पनि कर्णालीमा थुप्रै पर्यटक भित्र्याउने शाहीले जानकारी गरे ।जसका लागि विभिन्न ठाँउबाट पहल अगाडी बढेको पनि शाहीले बताए ।
कर्णालीमा रहेका रहेक क्षेत्रका तेल खानि फलाम तामा ,ग्याँस जस्ता कार्यको समेत उत्खनन भईरहेको शाहीले बताए ।कार्यक्रममा उपस्थिति सम्पूर्ण पत्रकारले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रमलाई मुख्यमन्त्री शाहीका प्रेश सल्हाकार धुर्वविक्रम बुढाथोकीले गरेका थिए ।साथमा कर्णाली प्रदेशका योजना विकास आयोजनाका सदस्य हरुको उपस्थिति संगै बिचार प्रस्तुत गरिएको थियो।