suekhet
bheriad

कांग्रेसको गृहमन्त्री थापालाई ज्ञापनपत्र ३ बजे माइतीघरमा बिरोध प्रदर्शन rangadarpan,

lekabesi

भदौ २८ , काठमन्डौ – प्रतिपक्ष दल नेपालि कांग्रेसले गृहमन्त्री राम बहादुर थापा बादललाई ज्ञापन पत्र बुझाएको छ ।बाँके घटनाको विषयलाई लिएर नेपाली काँग्रेसले जिल्ला सभापति मार्फत गृहमन्त्री थापा (बादल) लाई ज्ञापनपत्र बुझाएको छ ।

नेपाली काँग्रेस काठमाडौँ, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले सयुक्त रुपमा शनिबार बिहान सिंहदरबारमा पुगेर गृहमन्त्री बादललाई ज्ञापनपत्रका हुन् ।

विहीबार काँग्रेसको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा आयोजित कार्यक्रममा बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्तामाथि आक्रमण भएको थियो ।

जसका जिल्ला सभापति कोइरालाको हात भाँच्चिएको थियो भने अन्य केही घाइते भएका थिए । कार्यक्रम विथोल्न सत्तारुढ दल नेकपाका स्थानीय नेता तथा कार्यकर्ता प्रवेश गरी आक्रमण गरेको र उक्त घटना घटनाका रुपामा नभइ प्रवृतिका रुपमा लिएको भन्दै नेपाली कांग्रेसले गृहमन्त्रीलाई ज्ञापन बुझाईएको काँग्रेस काठमाडौँ सभापति सबुज बानियाँले बताए ।

ज्ञापन पत्र बुज्दै थापा बादलले भने ,दोषीलाई कारबाही गर्न तयार छु, प्रक्रिया अगाडी बढेको छ ।नहुनु पर्ने घटना भएको छ, दोषी देखिएक केहि ब्याक्तिलाई प्रहरीले नियन्त्रणमा लिईसकेको छ ।

घटनामा गृह प्रशासन संवेदनशील नभएको भन्दै काँग्रेसले आज दिउसो ३ बजे मइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने जानकारी गरेको छ ।