नेपाल म्युजिक अवार्ड न्याय कि अन्याय ?

रंग दर्पण २४ फागुन – गीत संगीत को बिषयलाई लियर हुने नेपाल म्युजिक अवार्ड सहि हो कि गलत ? भन्ने बारे निकै चर्चामा छ आज भोलि। यदि सहि हो भने कसरि सहि हो यो बिषयमा आज करिब दुई दसक सम्म क्यामेरामा जिबन बितायका गुड ब्यक्तित्वो हुन् शम्भु चालिसे। उनले क्यामेरा चलाउन लाको आज दुई दसक भयो नेपालमा कति पटक अवार्ड हुन्छ खै उनि कहिले पनि नोमिनेसनमा पर्दैनन्। खास यसको कारण त तेही अवार्ड गर्ने लाई थाहा होला शम्भु चालिसेले भन्नुभयो। हामी भन्दा पछि का क्यामेरा चलाउनेले ४,५ पटक अवार्ड पायको सुनिन्छ, हाम्रो नाम कहिले आउदैन ।आज भोलि पहिले -पहिले नोमिनेसनमा नाम परेको बेला आयोजक को फोन आउथ्यो र केहि रकम तोकिन्थ्यो भनेको पैसा जम्मा गरे पछि अवार्ड पाउनु हुन्छ भनेर, तेस्पछि मैले नै भने। सम्मानको अवार्ड हैन पैसाको अवार्ड हुने गर्छ नोमिनेसनमा परे पनि अवार्ड पाउनलाई २० देखि ३० हजार सम्म रुपैया लगेर दिने गर्छन ।
मलाई तेस्तो सम्मान हैन मेरो क्ष्यमता र लगानीको अवार्ड दिय मात्र खुसि हुन्छु उहाको भनाई छ। अहिले सम्म करिब ५ हजार बडी गीत छयांकन गरिसक्नु भयो ऊहा दैनिक यहि कार्यमा बिजी हुनुहुन्छ नाम नै नसुनेका मान्छेको नोमिनेसनमा नाम आउछ मलाई त अचम्म लाग्छ उहाले भन्नुभयो ।

त्यतिमात्र होइन हजुर यो अवार्ड त अचम्म को छ ,,,

lekbesi

अर्का चर्चित निर्देसक सबैले सुनेको नाम हो शिब बिक। ४ वर्ष देखि नाच्दै आयका बिक १२ बर्षको उमेर बाट निर्देसन मा अप्पल व्यक्तिले पनि अहिले सम्म अवार्ड पयानन हजुर यसको खेल के हो ? अवार्ड पाउन के गर्नु पर्छ, थाहा पाउनु पर्यो भन्दै उहाले जवाफ दिनु भयो । म्युजिक भिडियो कति गरे आफैलाई थाहा छैन फ्लिम कति गरे  आर्यन सिग्देल लाई क्रोस नचाउने मान्छे म हु। नेपालमा भयका पपुलर डान्सर लाई डेब्यु गराउने मै हु ,तर खै म पनि अचम्म छु। उहाको निरासा बोल्यो खै यो अवार्ड कस्तालाई दिन्छन मलाई पनि बुज्न मन छ, शिब बिकले भन्नु भयो ।यति खेर पनि नेपाल म्युजिक अवार्ड चाहना मेडियाले अवार्ड गर्दैछ। हामीले पनि २,३ ओटा गीत बाट फम भरेका थियौ तर नाम आयन ।आज सम्म कति फम भरियो त्यो पनि थाहा छैन उहाको भनाई छ। राम्रो गीत संगीत र अब्बल कलाकारलाई कहिले चिनेन यो खेल कहिले सम्म चल्ने हो। सहि न्याय गरेर देऊ जय गीत जय संगीत जय अवार्ड ओम नम सिवाय ;;