suekhet
bheriad

सल्यानमा महिलामाथि जबरजस्ती करणी गर्ने एकजना पक्राउ ,,

lekabesi

भदौ २८ , काठमान्डौ – सल्यानमा एक महिला माथि जबर्जतीकरणी गर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

सल्यान जिल्लाको शिद्धकुमाख गाउँपालिका वडा नम्बर १ बाझकाँडामा एक महिलालाई करणी गरेको अभियोगमा सोहि ठाउँका २३ वर्षिय बिरेन्द्र बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको हो ।

गत भाद्र २१ गते आफुलाई करणी गरेको भनेर ती महिलाले प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनको खोजिकार्य गरेको थियो । फरार रहेका उनलाई प्रहरीले एक हप्तापछि पक्राउ गरेको छ ।

पक्राउ परेका बुढाथोकीलाई अदालतबाट ७ दिनको म्याद थपेर अनुसन्धानको लागी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानमा प्रहरी नायब उपरिक्षक ढकेन्द्र खतिवडाले बताए ।