रुपन्देहीमा गोली चल्यो एक जनाको मृतु ,,

भदौ २९ , बुटवल – रुपन्देहीमा लुटेरा समुहले गोलि हानेर एकजान ब्याक्तिको हत्या गरेको छ भने ५ लाख नगद लुटेको छ ।

बैंकबाट रकम लिएर फर्किँदै गरेका ओमसतिया गाउँपालिका-५ का महेन्द्र कुर्मीको रोहणी गाउँपालिका-३ मा हत्या भएको हो । उनको घटनास्थलमै मृतु भयको जिल्ला प्रहरी, कार्यालय रुपन्देहीका प्रमुख हृदय थापाले जानकारी दिए ।

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका कुर्मीलाई पच्छाउँदै आएको समूहले गोली हानेर पैसा लुटेको हो गोलि हान्ने समूह फरार छ प्रहरीले समुहको अनुसन्धान गरिरहेको छ ।

lekbesi