ज्ञान बहादुरबाट शाही बाट ज्ञानेन्द्र शाही, एसएलसीमा फेल भएपछि सिए को नक्कली सर्टिफिकेट जवाफमा मुद्दा हाल ,,

भदौ २९ , काठमान्डौ – आफुलाई सामाजिक अभियान्ता बताउने र समाजक संजालमा भाईरल बन्ने गरेका ज्ञान बाहदुर शाहीला आज ललितपुरमा गरेको पत्रकार सम्मेलनमा जनताले कुटपिट गरेका छन् ।
नेपालगंज विमानस्थलमा पर्यटनमन्त्रि योगेश भट्टराईमाथि उनले हिजो अपच शब्द बोल्दै गालि गरेका थिए ।शाहीले हिजो भएको घटनाबारे जानकारी दिन भन्दै आज नेपालका लागि नेपालीको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरेका थिए ।
सम्मेलनमा प्रश्नकर्ताले प्रश्न गरेपछि उनले उल्टै प्रश्नकर्तामाथि जाई लागेपछि उनलाई प्रश्नकर्ताले कुटपिट गरेका थिए ।सम्मेलनमा पत्रकारसँगै केही विद्यार्थीहरुले शाहीलाई केही व्यक्तिगत प्रश्न गरेका थिए ।


प्रश्नकर्ताले नाम ज्ञानबहादुर शाही भएपनि ज्ञानेन्द्र शाही भनेर उल्लेख किन गरेको भन्ने प्रश्नको उत्तर दिनु भन्दा शाहीले प्रतिप्रश्न गर्न थालेपछि तनाब सुरु भयो । प्रचण्डको नाम के हो ? तपाई कुन पार्टीको मिडिया हो जस्ता शाहीले प्रति प्रश्न गरेका थिए।
तेस्पछि तनाब उत्पन्न हुन थाल्यो ,अनि प्रश्न कर्ताले एसएलसीमा फेल भएको र सिएको नक्कली सर्टिफिकेट रहेको भनेर प्रश्न गरेपछि शाहीले मुद्धा हाल्नु भन्दै जवाफ फर्काएका थिए ।
सम्मेलनको बेला बेलामा शाहीले अरिङगाल आए भन्दै कानेखुसी गरिरहेका थिए । तेस्पछि तनाव पूर्ण वातावरण सिर्जना भयो र ज्ञानेन्द्रलाई कुटपिट सुरु गर्न थालियो ।
, बिचमा प्रहरीले पनि शाहीलाई पक्राउ गरि नियन्त्रणमा लियो। शाही अहिले पाटन अस्पातलमा उपचार गरिरहेका छन्। उनको टाउको हात खुट्टामा चोट लागेको छ अहिले उनलाई प्रहरीले छोडी सकेको छ।
