कर्णाली प्रदेश सुर्खेत जिल्ला भेरिगंगा छिन्चु तेक्वान्दो दोजाङ्ग ८ पदक सहित विजयी,rangadarpan,
भदौ २९ , काठमान्डौ – यहि मिति २०७६ ५- २७ देखि २९ सम्म काठमान्डौमा १२ देशको सम्मलित अन्तरास्ट्रीय तेक्वान्दो प्रतियोगिता भएको छ ।
सहभागी देश मध्यका कर्णाली प्रदेश सुर्खेत जिल्ल्ला भेरी गङ्गा १२ मा संचालित छिन्चु तेक्वान्दो दोजाङ् का खेलाडीहरुले तिन स्वर्ण चार रजत ,र एक कास्य गरि जम्मा ८ वटा पदक प्राप्त गरेका छन् ।
उक्त तेक्वान्दो दोजाङ् टिमले नेपालको तर्फबाट प्रतिस्प्रधा गरेको थियो र सम्पूर्ण टिम मध्यबाट दोश्रो स्थानमा जित हासिल गर्दै सिल्ड विजेता बनेको हो ।
साथै उक्त दोजाङ्का खेलाडी महेन्द्र बिकले सर्वोउत्क्रिस्ट खेलाडी उपाधि कप जितेका छन्। साथमा शिव परियार ,महेन्द्र बिकले शोर्ण पदक जितेका छन् , तिलक सुनार ,पार्वती बिक ,हेमन्त वाकबलले रजत जित्न सफल भएभने भरत बिक कास्य जित्न सफल रहे ।
तेस्तै यी खेलाडी भेरी गंगा छिन्चु १२ का रहेका छन्, अर्का खेलाडी दिनेश आले मगर स्वर्ण र जोन रावतले रजत जित्न सफल रहे दुई खेलाडी सुर्खेतबाट रहेका थिए।
१२ देशका प्रतिस्प्ताधि खेलाडीलाई उछेल्दै ८ पदक प्राप्त गर्ने खेलाडीले कर्णाली प्रदेश सुर्खेत छिन्चु भेरी गंगाको मात्र नभई सम्पूर्ण नेपालिको शिर उच्च भयको छ।
उक्त तेक्वान्दो दोजाङ्का प्रमुख सिक्षक अम्मर बिक संग हाम्रो रंग दर्पणले गरेको कुराकानीमा उँहा यस्तो बताउछन ,
अम्मर बिक विगत लामो समयदेखि रास्ट्रको लागि अवरतन खट्ने र चिन्तन गर्ने ब्याक्ति हुनुहुन्छ । , उँहा नेपालि सेनामा लामो समयदेखि वफादारी साथ् आफ्नो कर्तव्य पालाना गर्ने र अवकाश प्राप्त सैनिक हुनुहुन्छ ।
हाल सात वर्षसम्म आफ्नै लागतमा १२ लाख सम्म खर्च गरि खेलाडी हरुलाई यो स्थान सम्म पुर्याउन सफल हुनुहुन्छ। यो त यति मात्र हो ।
एक दिन यो देशको झन्डा बोकेर कर्णाल प्रदेश भेरी गंगाको खेलाडी नेपालको तर्फबाट विदेशी भुमिमा नेपालीको झन्डा फहराउने चाहना समेत रहेको अम्मर बिक बताउनुहुन्छ ।
ब्याक्ति गत हिसाबले यति धेरै पैसा खर्च गर्नुमा कुनै समस्या आयो होला प्रदेश वा राज्य पक्षबाट केहि सहयोग भएन भन्ने जवाफमा उँहा भन्नु हुन्छ ।
,स्थानिय निकाय नगरपालिकामा सम्पूर्ण कागजपत्र बुझाईसकेको र प्रदेशमा सामाजिक मन्त्रालयमा सम्पुर्ण कागजपत्र सहित बारम्बार ,अनुरोध गरेपनि कुनैपनि सरकारी निकायबाट अहिले सम्म सहयोग नहुँदा देशमा सरकार समेत नभयको र तितो अनुभूति उँहा महसुस गर्नुहुन्छ ।
खेलको माध्यामबाट खेलाडीहरुलाई स्वास्थ्य तन्दुरुस्त ,धुम्रपान मध्यपान तथा दुर्व्यसनी बाट टाढा राख्दै एक देशप्रेमी जिम्मेवार सक्षम नागरिक बनाई रास्ट्रनिर्माणको एउटा खम्बाको काम गर्ने आशा र उदेश्य भयको उँहा बताउनुहुन्छ ,।
सरकारी निकायबाट खेलाडी हरुलाई सहयोक गरेमा देशको नाम र भलो हुने अम्मर बिक बताउनुहुन्छ। जुनसुकै देशमा फाफ्नो देश चिनाउन खेलाडीको महत्वपुर्ण भूमिका रहेको उँहा बताउनुहुन्छ ।
खेलाडीलाई खेल सिकाउनु संगै अम्मर समाज सेवामापनि लगातार लागिराख्नु भएको छ ।अम्मर बिकको कार्यलाई देखेर स्थानि देखि प्रदेश ,केन्द्र सम्मका जनताले प्रसंसा गरेका छन् ।